कुनै डकुमेन्ट स्क्यानिङ गरेर पठाउनको लागि कार्यालयमा प्राय: स्क्यानिङ मेसिनको प्रयोग गरिएको हुन्छ । हरेक कोठामा स्क्यानर नहुन सक्छ । त्यसैले, हामीले स्क्यानिङको लागि Google Drive लाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने जान्नुपर्दछ । हुन त स्क्यानिङको लागि Android, iOS तथा Windows Platform हरुमा विभिन्न Apps पाईन्छन् । तर तीमध्ये सबैभन्दा सजिलो Google Drive हुनसक्छ । पहिले आफ्नो मोबाईलमा गुगल ड्राईभ (Google Drive) install गर्नुपर्छ । Installation पुरा भईसकेपछि Google Account ले लग ईन गर्नुहोस् । तलको प्रक्रियाद्वारा कुनै डकुमेन्ट स्क्यान गरी सुरक्षित गर्न सकिन्छ ।
गुगल ड्राईभबाट स्क्यान गरिने प्रक्रिया (To Scan Document using Google Drive)
1. गुगल ड्राईभ एप खोल्नुहोस् । ( Open the Google Drive App. )
2. तलपट्टी दाँया किनारमा रहेको
थिच्नुहोस् । (In the Bottom right corner, tap add
)
3. यो
मा थिच्नुहोस् र
स्क्यानिङ गर्नुपर्ने डकुमेन्टको फोटो खिच्नुहोस् । (Tap Scan
, Take a photo of document you’d
like to scan.)
4. अब स्क्यान गरिसकेको पेजहरुलाई सेभ (save) गर्नको लागि
थिच्नुहोस् । (When you’re done scanning pages, tap
.)
अब स्क्यानिङ गरिएको डकुमेन्ट (*.PDF ) गुगल ड्राईभमा अपलोड हुन्छ । जहाँबाट तपाईले जो
कसैलाई पठाउन सक्नुहुन्छ ।
स्क्यान डकुमेन्टहरुलाई मिलाउने तरीकाहरु (To adjust your scans)
- यदि खिचेको फोटोमा चित्त नबुझेमा फेरी
मा थिचेर अर्को फोटो लिन सकिन्छ । (If you’re not happy with the preview, tap Refresh
to take another photo. )
- अरु पेजहरु पनि स्क्यान गर्नुपर्ने हो भने
मा थिच्ने र फेरी क्रमश: अर्को फोटो लिने । (To Scan Another Page, Tap
.)
- Color / Black &White / Color Drawing छान्नुपर्ने भएमा माथिपट्टिको
मा थिच्ने र आवश्यकता अनुसार मिलाउने । ( To Adjust Color / Black &White / Color Drawing options, tap on
)
- अन्य सेटिङहरु जस्तै Rename, Delete, Page Setting, Page Rotation आदिको लागि
मा थिच्ने र आवश्यकता अनुसारको काम गर्ने ।
माथिको प्रक्रियाद्वारा गुगल ड्राईभ प्रयोग गरी आफ्नो मोबाईलबाट नै कागज पत्रहरु स्क्यानिङ गरी सुरक्षित राख्न सकिनेछ । अर्को पोष्टमा हामीले Google Drive Scan Shortcut लाई कसरी मोबाईलको होमस्क्रीनमा ल्याउने र स्क्यानिङलाई झन सजिलो बनाउने भन्ने कुरा सिक्नेछौं । धन्यवाद !!!
This article/tutorial is written by Saroj Sharma Wagle, ICTV Waling Municipality Office, Waling Syangja. For feedback, please comment on the article below.
0 comments:
Post a Comment