WBRS मा कार्यक्रम, चौमासिक लक्ष्य र प्रगति प्रबिस्ट गर्ने तरिका

WBRS(Web Based Reporting System)मा नगरपालिका, जिबिस अथवा अरु कुनै कार्यालयको डाटा भर्दा ३ स्टेपमा भर्नु पर्ने हुन्छ । ति हुन :

  1. बार्षिक कार्यक्रमको बिवरण भर्ने 
  2. चौमासिक लक्क्ष भर्ने 
  3. अन्त्यमा चौमासिक प्रगति भर्ने
सर्वप्रथम हामी बार्षिक कार्यक्रमका बिवरण भर्ने तरिकाको स्टेपहरु उल्लेखित गर्ने छौ । बार्षिक कार्यक्रमको बिवरण भर्ना निम्न लिखित तरिकाहरु प्रयोग गर्नुहोस । ( प्रत्येक आवश्यक स्टेपहरुको तल दिईएको चित्रहरुले तपाईहरुलाई सहयोग गर्नेछन )
  1. सुरुमा WBRSको WEBSITE (wbrs.gov.np) आफ्नो browser (Mozilla,Google Chrome आदि) बाट खोल्नुहोस ।
  2. त्यसपश्चात तपाईको कार्यालयलाई दिईएको username र password को प्रयोगका साथसाथै आर्थिक बर्ष छनोट गर्नुहोस र LOGINमा CLICK गरि WBRSको वेब पेज भित्र प्रवेश गर्नुहोस ।
  3. त्यस पछि तपाईको स्क्रिनको देब्रेपट्टि देखिएको मेनुहरु मध्ये आयोजना / कार्यक्रम बार्षिक विकास कार्यक्रम (गृहपृष्ट भन्दा ठिक मुनि) मा CLICK गर्नुहोस ।
  4. अब फेरी स्क्रिनको देब्रे पट्टि देखिएको मेनुहरु मध्ये योजनागत विवरणमा CLICK गर्नुहोस ।
  5. योजनागत बिवरणमा CLICK गरिसकेपछि तपाइहरु बजेट कोड र बजेट को नाम भएको पृष्टमा पुग्नुहुनेछ । तपाइहरुको कार्यालयमा बिभिन्न बजेट सृसकमा विभाजित कार्यक्रमलाई त्यसै अनुरुपको बजेट नाममा इन्ट्री गर्नुपर्नेछ । डेमोको लागि हामीले सडक बोर्ड कार्यक्रम अन्तर्गत नगरपालिका क्षेत्रको वडा न १० मा सडक कालोपत्रे मर्मत नामक कार्यक्रम इन्ट्री गर्नेछौ ।त्यसको लागि तपाईले सडक बोर्ड कार्यक्रम नामक बजेट को दाहिने पट्टि रहेको edit मा CLICK गर्नु पर्ने छ । (तस्बिरको सहायता लिनुहोस् )
  6. त्यस पश्चात हामीले पुजीगत खर्च अन्तर्गतका कार्यक्रमहरु को दाहिने पट्टि भएको + छिन्नमा CLICK गर्ने ( यदी चालु खर्च अन्तर्गतको कार्यक्रम भए सो को दाहिने पट्टि भएको + छिन्नमा CLICK गर्ने) ।
  7. अब पुजीगत खर्च अन्तर्गतका कार्यक्रमहरुको ठिक मुनि देखिएको पुजीगत कार्यक्रमको दाहिने पट्टि भएको योजना थप्नुहोसमा CLICK गरेर बार्षिक कार्यक्रम थप्न सक्नुहुनेछ ।
  8. त्यस पश्चात तपाईले आब आफ्नो WEB BROWSERमा देखिएको पेजमा सोधिए अनुसारको डाटा भरिसक्दा तपैहरुले एउटा कार्यक्रम WBRSमा थपेर सक्नुहुनेछ । (योजनाको नाममा कार्यक्रमको नाम लेख्नु पर्नेछ, यसै बर्ष सकिनेमा हो कि होइन छुट्टाउनु पर्नेछ, योजनाको प्रकारमा त्यस कार्यक्रम कुन प्रकारको हो छान्नु पर्ने छ, योजनाको लक्षित विकासमा सहि प्रकारमा छिन्न लगाउनु पर्नेछ, लक्षित वर्गमा सहि लक्षित वर्ग छान्नु पर्नेछ, महिला(संख्या)मा महिला लाभान्वित संख्या खुलाउनु पर्ने छ र पुरुष(संख्या)मा पुरुष लाभान्वित संख्या खुलाउनु पर्ने छ )  (सजिलोको लागि तलको चित्रको प्रयोग गर्नुहोस)
  9. कार्यक्रम थापिसकेपछि त्यस कार्यक्रमको क्रियाकलाप थप्नु पर्ने हुन्छ तेस्को लागि तपाईले भर्नु भएको कार्यक्रमको दाहिने पट्टि क्रियाकलाप थप्ने लेखिएको ठाउँमा CLICK गर्नुपर्छ ।
  10. त्यसपछि देखिएको नया वेबपेजमा Activity Detail, क्रियाकलाप, बार्षिक परिमाण र बार्षिक बजेट भर्नुपर्नेछ र त्यसपछि SAVE मा CLICK गर्नुहोस। यो स्टेप सम्पूर्ण क्रियाकलाप हरुलाई भर्नुपर्नेछ । 
  11. यसै गरि आर्थिक बर्षको सबै कार्यक्रम भरिसकेपछी चौमासिक लक्क्ष भर्नु पर्ने हुन्छ । 
  12. चौमासिक लक्क्ष भर्न तपाईको वेब पेजमा बाया पट्टि देखिएको योजनागत चौमासिक बजेट तथा लक्क्ष मा CLICK गर्नुहोस ।
  13. त्यसपछि वेबपेजमा देखिएका बजेट सृसक अथवा बजेट कोड भित्र गई पहिले भरिएका सम्पूर्ण कार्यक्रमको चौमासिक लक्क्ष भर्नुपर्नेछ । हामीले डेमोको लागि अगी सडक बोर्ड कार्यक्रममा भरिएको कार्यक्रमको चौमासिक लक्ष्य भर्नेछौ । त्यसकोलागि सडक बोर्ड कार्यक्रम सृसकको दया पट्टि देखिएको EDIT मा CLICK गर्नुहोस ।
  14. त्यस पश्चात हामीले पुजीगत खर्च अन्तर्गतका कार्यक्रमहरु को बाया पट्टि भएको + चिन्नमा CLICK गर्ने र त्यसपछि फेरी पुजीगत कार्यक्रमको बया पट्टि रहेको + चिन्नमा CLICK गर्ने । एती गरिसकेपछि तपाईले पहिला भर्नुभएको कार्यक्रमको नाम देखिनेछ । त्यसको पनि बाया पट्टि रहेको + चिन्नमा CLICK गर्नुहोस ।
  15. अब तल दियको चित्रमा जस्तै दाहिने पट्टि भएको सच्चाउनेमा CLICK गर्नुहोस ।
  16. आब देखिएको वेबपेजमा प्रत्येक चौमासिकमा Estimate गरिएको परिमाण र बजेट भर्नुहोस र SAVEमा CLICK गर्नुहोस । यसअघी भरिएका सम्पूर्ण कार्यक्रमहरुको लागि तपाईले चौमासिक लक्क्ष भर्नुपर्ने छ ।
  17. कार्यक्रमको बिवरण र चौमासिक लक्ष्य भरिसकेपाछि चौमासिक प्रगति भर्नु पर्ने हुन्छ । त्यसको लागि गृह पृष्टको बाया पट्टि देखिएको चौमासिक प्रगतिमा CLICK गर्नु पर्नेछ ।
  18. त्यसपछि देखिएको वेबपेजको पनि बाया पट्टि देखिएको चौमासिक प्रगति बिवरणमा CLICK गर्नुहोस ।
  19. त्यसकोलागि देखिएको वेबपेजको(बजेट सृसक र बजेट कोड) बाट उपयुक्त बजेट सृसक रोज्नु पर्ने छ । डेमोको लागि हामी सडक बोर्ड कार्यक्रमको दाया पट्टि देखिएको edit मा CLICK गर्नेछौ ।
  20. CLICK गरिसकेपछि देखिएको वेब पेजमा हामीले चौमासिक प्रगति प्रबिस्ट गर्नु पर्नेछ ।  सर्वप्रथम तपाईले प्रथम चौमासिकको अन्त्यमा भरिने पहिलो चौमासिक प्रगति बिवरण इन्ट्री गर्नु पर्नेछ । त्यसको लागि देखिएको वेब पेजको माथि पट्टि देखिएको चौमासिक (select)को साइडमा देखिएको एरो(तल फर्किएको)मा CLICK गरेर प्रथम रोज्नु पर्ने छ ।
  21. अब हामीले पहिला भरेको पुजीगत खर्च अन्तर्गतको कार्यक्रम हेर्नको लागि पुजीगत खर्च अन्तर्गतको कार्यक्रमको बाया पट्टि देखिएको + चिन्नमा CLICK गर्ने त्यसपछि फेरी पुजीगत कार्यक्रमको बाया पट्टि देखिएको + मा CLICK गर्ने । अब तपाई कार्यक्रमको बिवरण देख्नुहुनेछ । तपाईले जुन कार्यक्रमको प्रथम चौमासिकमा प्रगति भएको छ त्यसै कार्यक्रमको बाया पट्टि देखिएको + चिन्नमा CLICK गर्नु पर्नेछ र त्यसपछि सच्चाउनेमा CLICK गर्नु पर्ने छ ।
  22. त्यसपछि देखिएको पेजमा प्रथम चौमासिक प्रगति परिमाणप्रथम चौमासिक प्रगति (रु बजेट) भर्नु पर्नेछ र save मा CLICK गर्नु पर्नेछ ।
  23. यसै गरि दोस्रो चौमासिकको अन्तिममा दोस्रो चौमासिक प्रगति र तेस्रो चौमासिकको अन्त्यमा तेस्रो चौमासिक प्रगति प्रबिस्ट गर्नुपर्नेछ ।



This article/tutorial is written by SUMIT BHATTARAI, ICTV  KAPILVASTU MUNICIPALITY. For feedback, please comment on the article below.
Share on Google Plus

About Author (Unknown)

This portal "ICT for Local Bodies" is written by various individuals - ICT Experts and ICT Volunteers working under MoFALD/LGCDP with an aim of integrating ICT at Local Governance. The author is this post is mentioned at the end of the article itself (with their Google+ profile alongside). Learn more about ICT4LB KMDB here.
    Blogger Comment

0 comments:

Post a Comment