पुरानो गाविस/नपा/वडा Merge गरी नयाँ स्थानीय निकाय बनाउने तरिका - ArcGIS Tutorial

1. ArcGIS खोल्नुहोस र आफ्नो जिल्लाको .shp फाइल( VDC wise, Ward wise) Add गर्नुहोस।


2. Tools भित्र गइ Editor Toolbar मा क्लिक गर्नुहोस ।


3. Editor मा गइ Start Edition मा click गर्नुहोस र आफ्नो shape file मा OK गर्नुहोस ।


4. त्यसपछि mouseको left click गरी कुनै VDC/Mun SELECT गर्नुहोस र keyboard को SHIFT key खिची रहनुहोस र अन्य merge गर्नुपर्ने गाविसहरु नि क्लिक गर्दै जानुहोस।


यहाँको उदाहरणमा तनहुँको Khairenitar, Dulegauda & Dhorfirdi गाविसलाई merge गरी नयाँ Shuklagandaki Municipality बनाउन खोजिएको छ ।




5. फेरी editor मा क्लिक गरी merge मा क्लिक गर्नुहोस ।








6. अब ३ वटा VDC Merge भइ नया  VDC/Mun बन्नेछ । त्यसको नाम, क्षेत्रफल र जनसँख्या बिबरण परिबर्तन गर्न नया बनेको vdc/mun  मा Right Click गरी Attribute मा जानुहोस जहा VDC_NAME, Area, Population आदि परिबर्तन गर्न सकिने छ ।






7. Editor मा गइ Save Edit गरी Stop Editing गर्नुहोस ।





8. Shape File लाइ .JPEG फोटोमा Save गर्न file भित्र गई Export Map गरेर JPEG मा Save गर्न सकिने छ ।

यसैगरी Ward हरु पनि merge गरी नयाँ wardहरु बनाउन सकिने छ । एउटा गाबिसको केहि ward अर्को गाविसमा merge गर्नु परेमा Ward and VDC को फरकफरक Shape File मा काम गर्नु पर्नेछ ।


Note: Nepal को Shape (.shp) File बाट आफ्नो जिल्लाको (VDC/Mun or Ward wise) मात्र Shape File निकाल्ने तरिका अर्को Postमा प्रस्तुत गरिने छ ।



This article/tutorial is written by Er. Sudip Devkota, DDC Tanahun. For feedback, please send email to devsudip13@gmail.com. Thank you. 
Share on Google Plus

About Author (Unknown)

This portal "ICT for Local Bodies" is written by various individuals - ICT Experts and ICT Volunteers working under MoFALD/LGCDP with an aim of integrating ICT at Local Governance. The author is this post is mentioned at the end of the article itself (with their Google+ profile alongside). Learn more about ICT4LB KMDB here.
    Blogger Comment

0 comments:

Post a Comment