घर वा अफिसको इन्टरनेटमा हेरिने कुरा र हेर्ने समय नियन्त्रण गर्ने तरिका

आफ्ना छोरा छोरि वा कर्मचारीलाई   इन्टरनेटमा निश्चित कुरा हरु मात्रै हेर्न दिन र निश्चित समयमा मात्र इन्टरनेट चलाउन दिन आफ्नो router मा तल दिईएका settings मिलाउनुहोस 

यो TP-link router को लागि लागु हुनेछ

१. firefox, google chrome वा कुनै पनि वेब ब्राउजर खोल्नुहोस र 
 http://tplinklogin.net  टाईप गरी आफ्नो router को लगइन  पेज खोल्नुहोस  


२. username र password हाल्नुहोस् 

३. बायाँ तिर रहेको मेनुमा parental control मा क्लिक गर्नुहोस् 
४. parental control को दायाँ तर्फा enable रोज्नुहोस् र Copy to above मा क्लिक गर्नुहोस 

५. अब Add new बटन मा क्लिक गर्नुहोस 

६. router ले नियन्त्रण गर्ने तालिका router को समयको आधारमा निर्धारित हुने भएकोले रातो आक्षरमा लेखिएको time settings मा क्लिक गर्नुहोस 
७. Time zone मा (GMT +05:45) Kathmandu छान्नुहोस्  र save मा क्लिक गर्नुहोस 

८. अब यस अघिको पेजमा फिर्ता जानुहोस र रातो मा लेखिएको Schedule मा क्लिक गर्नुहोस 
९. Schedule description ma कुनै नाम दिनुहोस . बारहरु छान्नुहोस् र start time , stop time राख्नुहोस र save बटन मा क्लिक गर्नुहोस 

१०. पुनः अघिल्लो पेजमा जानुहोस 
      MAC Address of child PC मा नियन्त्रण गर्न चाएको कम्प्युटरको MAC Address राख्नुहोस 
      website description मा कुनै नाम दिनुहोस 
      Allowed Domain Name मा चलाउन दिने वेबसाइटहरुको सुची लेख्नुहोस 
      Effective Time मा अघि बनाएको  schedule छान्नुहोस् 
      status मा enable राखी save बटनमा क्लिक गर्नुहोस 


यसै गरि तपाइँले अरु कम्प्युटर, मोबाइल वा अन्य कुनै पनि इन्टरनेट चलाउन सकिने उपकरण हरु थप्न सक्नुहुन्छ .  
  
    




This article/tutorial is written by Kedar Mani Bhandari, ICTV DDC Rupandehi. For feedback, please comment on the article below.
Share on Google Plus

About Author (Unknown)

This portal "ICT for Local Bodies" is written by various individuals - ICT Experts and ICT Volunteers working under MoFALD/LGCDP with an aim of integrating ICT at Local Governance. The author is this post is mentioned at the end of the article itself (with their Google+ profile alongside). Learn more about ICT4LB KMDB here.
    Blogger Comment

0 comments:

Post a Comment