Embedding Fonts
हामी हाम्रो डकुमेन्टलाई चिटिक्क पारेर राख्छौँ तर कहिलेकाहीँ आफूले प्रयोग गरेको Font साथीको कम्प्युटरमा Install नगरेको हुँदा, कता गएर Font खोज्ने र कुन कुन Font पेन ड्राईभमा राख्ने झमेला बेहोर्न पर्ने हुन्छ । यसैले MS-Word मा यदि Fonts लाई Embed गर्न जानिएको खण्डमा यो समस्या सहजै समाधान हुन्छ । फाईल केही ठूलो बन्ला तर साथीको ल्यापटपमा त्यो फाईल हेर्न मिल्नाले हामीलाई Presentation मा विशेषत सहजता हुन्छ ।
आउनुहोस् ! यसको विधिबारे जानकारी राखौँ ।
१. पहिले word/powerpoint/excel को File मा जाऔँ र Options मा क्लिक गरौँ !

२. त्यस पश्च्यात Save मा क्लिक गरौँ । तल त्यसको चित्र दिईएको छ ।

३. पुछारतिरको Embed Fonts in the File भन्ने कोठामा ☑ लगाउनुहोस् ।

४. त्यसपछि OK मा क्लिक गर्नुहोस् ।
५. तपाईँको डकुमेन्ट अब Save गर्दा Fontsको समस्या आउँदैन ।
५. तपाईँको डकुमेन्ट अब Save गर्दा Fontsको समस्या आउँदैन ।
0 comments:
Post a Comment