Enabling Two Factor (2F) Authentication in Gmail Account

Gmail मा 2F authentication enable गर्ने तरिका
१)     आफ्नो computer को internet browser खोल्नुहोस अनि address bar मा www.gmail.com लेख्नुहोस् 


२)     यति गरिसकेपछि माथि देखाएको जस्तो page खुल्छ अनि आफ्नो Gmail को Id अनि Password Enter गर्नुहोस | यसरी Id अनि Password Enter गरेपछि तपाई आफ्नो gmail account मा प्रवेश गर्नुहुन्छ


३)     अब तस्बिरमा देखाए जस्तो Setting मा click  गर्नुहोस 
     ४) setting मा click गरेपछि तल देखाए जस्तो screen display हुन्छ अनि Account and Imports मा click गर्नुहोस र त्यस screen मा देखिने Other Google Account Settings मा click गर्नुहोस
Other Google Account Settings मा click गर्दा तल देखिए जस्तो screen देखापर्छ


यो देखिएको screen को Sign-in & Security मा click गर्नुहोस |

यो page मा scroll गर्नुहोस | यसरी scroll गर्दा तपाइले तल देखाए जस्तो page पाउनुहुन्छ | 
     ५)     अब 2-Step Verification मा click गर्नुहोस | 
    ६)     अब माथि देखाएको तस्बिरमा भएको Start Setup मा click गर्नुहोस | अब तपाइलाई पुनः एकपटक आफ्नो gmail को password entry गर्नपर्नेछ र यसरी password entry गरिसकेपछि तल देखाए जस्तो page screen मा display हुनेछ |

अब तपाइले आफ्नो Phone number entry गर्नुहोस र तपाइले आफ्नो Code कसरी प्राप्त गर्ने भन्ने option मा आफुलाई सजिलो हुने तरिका छान्नुहोस् | SMS बाट code प्राप्त गर्न Text message छान्नुहोस् अथवा फोन बाट code प्राप्त गर्न Voice Call छान्नुहोस् | एउटा option रोजी सकेपछि Send code मा click गर्नुहोस् | अब तपाइको Mobile मा SMS छानेको भए SMS आउछ वा Voice Call छानेको भए फोन call आउछ |
अब  प्राप्त भएको code Enter गर्नुहोस अनि Verify Button मा click गरेपछि निम्न देखिए जस्तो page screen मा देखापर्छ |
यदी तपाईले आफ्नो computer बाट gmail खोल्नु भएको छ र तपाई बाहेक अरु कसैले त्यो computer access गर्दैन भने trust this computer select गर्नुहोस होइन भने त्यो option लाई नछानुहोस र Next button मा click गर्नुहोस र तल देखिए जस्तो page तपाइको computer को screen मा देखापर्छ
 अब confirm मा click गरेपछि तपाइको gmail account 2 Step Verfication सुचारु हुन्छ |
यदी कुनै कारणले गर्दा तपाइको mobile मा code उपलब्ध हुन सकेन भने बैकल्पिक उपाय पनि उपलब्ध छ | सो उपाय प्रयोग गर्न निम्न तरिका अपनाउनुहोस् |
१)     gmail मा sign in गर्नुहोस
२)     settting मा click गर्नुहोस
३)     Account and Imports मा click गर्नुहोस >> other google Account setting मा click गर्नुहोस
४)     sign-in & Security मा click गर्नुहोस
५)     2-Step Verification मा click गर्नुहोस
६)     Show backup codes मा click गर्नुहोस अनि page मा देखिएको backup codes सुरक्षित राख्नुहोस् | फोनमा code उपलब्ध हुन नसकेको बेलामा यो code उपयोग गरेर gmail मा Sign in गर्न सक्नुहुनेछ |


नोट : माथि पहेलोले select गरेको step त्यो भन्दा माथिको ३-४ सम्म को तरिका संग मेल खान्छ |



This article/tutorial is written by Basanta Chalise, ICTV Siddharthanagar Municipality. For feedback, please comment on the article below.
Share on Google Plus

About Author (Basanta)

This portal "ICT for Local Bodies" is written by various individuals - ICT Experts and ICT Volunteers working under MoFALD/LGCDP with an aim of integrating ICT at Local Governance. The author is this post is mentioned at the end of the article itself (with their Google+ profile alongside). Learn more about ICT4LB KMDB here.
    Blogger Comment

0 comments:

Post a Comment