Removable Disk (जस्तै Pen drive) को File र Folder हरु Virus (Shortcut Virus) का कारण लुकेर बसेका छन् भने त्यसको समाधान गरी File र Folder हरु कसरी देखिने बनाउने तरिका |

Removable Disk (जस्तै Pen drive, Memory card, External Hard Disk) को File र Folder हरु Virus (Shortcut Virus) का कारण लुकेर बसेका छन् भने त्यसको समाधान गरी File र Folder हरु कसरी देखिने बनाउने तरिका यहा तयार पारिएको छ|


HP PenDrive as shown in my computer
HP Pen Drive as shown in my computer

हामीले धेरै जसो बेला काम गर्ने सिलसिलामा हाम्रो Pen drive का File तथा Folder हरु Shortcut भएर बसेको भेटेका छौं | तेस्तो बेला हामीले सामान्यतया ति File र Folder हरुलाई Right Click गरी "Show hidden folder" भन्ने Optionछानी Click गर्दा Files र Folders हरु नदेखिएका भेट्छौं | तेस्तो बेला हामीले "Command Prompt" को प्रयोग गरी तेस्ता लुकेर रहेका Files र folder हरुलाई देखिने र काम गर्न सकिने बनाउन सक्छौं |

How shortcut virus effects your pen drive
How shortcut virus effects your pen drive


यसका लागि निम्न उपायहरु अपनाऔ :

१. आफुले "Pen drive" Computer मा जडान गरेपछी "My Computer" भित्र त्यस "Pen drive" को एउटा Drive Name देख्छौ | अहिलेको लागि मेरोमा तल चित्रमा देखिएको अनुसार रहेछ | यस(H:) लाई याद राख्नुहोस |

Remembering the Drive alphabet of the infected pen drive
Remembering the Drive alphabet of the infected pen drive


२. "start" button मा गइ "Run" लेखनुहोस | त्यसपछि तलको जस्तो तस्बिर देखा पर्छ |त्यहा "cmd" लेख्नुहौस र तपाई 'Command Prompt" मा पुग्नुहुन्छ |

Opening Run and then CMD as command prompt
Opening Run and then CMD as command prompt
३. त्यसपछि तलको जस्तो तस्बिर देखा पर्दछ जुन command prompt को dialogue box  हो |

Command Prompt Screen
Command Prompt Screen

४. त्यहा "H:" लेख्नुहोस |  ( हामीले उपाए नं १ बाट थाहा पाइसकेका थियौ कि हाम्रो Pen drive को "drive Name" "H:" रहेछ भन्ने | त्येसैले अहिले लेख्यौ )

Cleaning Pen drive from viruses in Command Prompt
Selecting infected drive  for Cleaning Pen drive from viruses in Command Prompt


५. अब तलको तस्बिर मा देखाए जसरी "Attrib -h -s -r /s /d" लेखनुहोस | Spacebar दिदै letter लेख्नुहोला |
( Attrib भनेको Attibute Command हो जसले कुनै पनि File को विशेषता जनाउछ |)


Writing commands in DOS for removing shortcut virus 



६. अब त्यस "Command Prompt" लाई बन्द गर्नुहोस र "My Computer" मा गई आफ्नो Pen drive खोल्नुहोस | तपाइले अब Files Folder हरु देख्न सक्नु हुन्छ | 


Virus मुक्त रहेको तपाइको Pen drive
 Virus मुक्त रहेको तपाइको Pen drive

यो तरिकाले तपाईको भाइरस गएन भने command prompt लाई administrative privilege का साथ खोल्नुहोस|

कुनै सल्लाह सुझाब र यो तरिकाले काम नगरे तल कमेन्ट गर्नसक्नुहुन्छ|


This article/tutorial is written by Suman Bastola, ICT Engineer, Waling Municipality. For feedback, please comment on the article below.
Share on Google Plus

About Author (Suman Bastola)

This portal "ICT for Local Bodies" is written by various individuals - ICT Experts and ICT Volunteers working under MoFALD/LGCDP with an aim of integrating ICT at Local Governance. The author is this post is mentioned at the end of the article itself (with their Google+ profile alongside). Learn more about ICT4LB KMDB here.
    Blogger Comment

0 comments:

Post a Comment