Windows 8 र 8.1 मा virtual wifi network create गर्ने तरिका

     यो प्रक्रिया बाट wireless access point अथवा virtual router create गर्न तपाइको कम्प्युटर मा इन्टरनेट सहितको Ethernet कनेक्सन हुनु पर्छ र ब्रोडकास्ट गर्न computer मा Wifi Adapter हुनु पर्छ |
    Wireless Access point बनाउने प्रक्रिया यस प्रकार छ |
    • सबैभन्दा पहिले 'search' मा गएर 'cmd' टाइप गर्नुहोस|
    •  command prompt मा राइट क्लिक गरी "run as administrator" मा क्लिक गर्नुहोस |
    •  तलको window देखा पर्नेछ |

    •  तहा गई तल उल्लेख command टाइप गर्नुहोस | 
    •  netsh wlan set hostednetwork mode=allow ssid=hotspot key=12345678
    • याद राख्नुहोस, नेटओर्क को नाम 'SSID' र पासोवोर्ड  'KEY' parameter  बाट सेट गर्न सकिन्छ |
    • यति टाइप गरी Enter प्रेस गर्नुहोस |
    • तल देखाए जसरी तपाइको hosted network सेट हुनछ |
    • सेट भएको "hosted network" सुरु गर्न तल को command टाइप गर्नुहोस |
    • netsh wlan start hostednetwork
    • अनि Enter प्रेस गर्नुहोस | Hosted Network स्टार्ट हुनेछ |
    • अब search मा गई network and sharing center टाइप गर्नुहोस |
    • तल देखाइए जसरी active network को लिस्ट आउनेछ | "hotspot" भन्ने नेटवर्क हामीले भर्खर create गर्यौ | अब यस hotspot network लाई इन्टरनेट access दिनको लागि  Ethernet लेखेको नेटवर्क मा क्लिक गर्नुहोस |
    • Ethernet Status लेखेको window मा तल Properties मा क्लिक  गर्नुहोस |
    • अब sharing tab मा क्लिक गर्नुहोस |
    • Internet Connection Sharing मा "allow other network users to connect" लेखेको checkbox लाई click गर्नुहोस |
    • त्यसपछि Select a private network connection लेखेको drop down list मा क्लिक गर्नुहोस र "virtual local area connection" select गर्नुहोस |
    • र OK click गर्नुहोस  | तपाइको hotspot इन्टरनेट प्रयोग को लागि ready हुनेछ |
    Share on Google Plus

    About Author (Unknown)

    This portal "ICT for Local Bodies" is written by various individuals - ICT Experts and ICT Volunteers working under MoFALD/LGCDP with an aim of integrating ICT at Local Governance. The author is this post is mentioned at the end of the article itself (with their Google+ profile alongside). Learn more about ICT4LB KMDB here.
      Blogger Comment

    0 comments:

    Post a Comment