Command Prompt बाट कम्प्युटर मोडेल नम्बर, कम्पनी, सिरियल नम्बर कसरि हेर्ने???


तपाईको कम्पुटर बिग्रियो?? तपाईलाई कुनै प्राबिधिक घरमै बोलाउनु पर्यो?? प्राबिधिकले तपाईसंग कम्पुटरको मोडेल नम्बर सोध्यो?? कसरि थापाउने त तपाईको कम्प्युटर मोडेल नम्बर, कम्पनी, सिरियल नम्बर ??? यो लेख तपाईका लागि उपयोगी हुन सक्छ | यो लेखमा हामी तपाईलाइ Command Prompt बाट 
कम्प्युटर मोडेल नम्बर, कम्पनी, सिरियल नम्बर आदि कुरा कसरि हेर्ने सिकाउछौ | 
१. Windows + R एकै पटक क्लिक गर्नुहोस,
२. त्यहाँ cmd लेखी ENTER क्लिक गर्नुहोस,

तपाईको स्क्रीनमा command prompt खुल्नेछ |
३. कम्प्युटरको सेरियल नम्बर हेर्न wmic bios get serialnumber यो कमाण्ड लेख्नुहोस र ENTER थिच्नुहोस|

यसरीनै तपाईले आफ्नो कम्प्युटर को सेरियल नम्बर हेर्न सक्नुहुन्छ
४. यसरीनै तलको कमाण्ड लेखि  कम्प्युटर मोडेल नम्बर र सिरियल नम्बर हेर्न सक्नु हुन्छ
wmic csproduct get name, identifyingnumber

५.कम्प्युटर कति Bit, उत्पादन कर्ता, कम्पनि र मोडेल नम्बर, हेर्न
 wmic computersystem get model,name,manufacturer,systemtype


c:\>wmic csproduct get vendor, version
Vendor  Version
LENOVO  ThinkPad T410

c:\>wmic computersystem get model,name,manufacturer,systemtype
Manufacturer  Model    Name        SystemType
LENOVO        2236EG1  WINCMD-PC  x64-based PC

तपाईले यसरि सुचना पाउनसक्नुहुन्छ |

This article/tutorial is written by YOUR_Govinda_Pathak, ICTV Putalibazar_Municipality. For feedback, please comment on the article below.
Share on Google Plus

About Author (GovindaPathak)

This portal "ICT for Local Bodies" is written by various individuals - ICT Experts and ICT Volunteers working under MoFALD/LGCDP with an aim of integrating ICT at Local Governance. The author is this post is mentioned at the end of the article itself (with their Google+ profile alongside). Learn more about ICT4LB KMDB here.
    Blogger Comment

0 comments:

Post a Comment