स्थानीय निकायहरुमा
कार्यालय व्यवस्थापनमा देखिएका समस्याहरु मध्ये स्रोत तथा साधनहरुको परिचालन पनि
मुख्य एक हो। स्रोत तथा साधनहरु मध्ये पनि ICT Tools को परिचालन झनै बढी समस्या रहोको छ। कार्यलयहरुमा प्रत्येक
एक कम्प्यूटर सेटसंग एक सेट प्रिन्टर,स्क्यानर आदि राखिदै आएको पाइन्छ। यसो
गर्नाले एउटै कार्यालयले प्रिन्टरको लागि मात्रै वार्षिक रुपमा ठुलो खर्च हूने
गर्दछ। दुई वा दुई भन्दा धेरै कम्प्यूटर प्रयोगकर्ताले एउटै प्रिन्टर शेयर गरी
प्रयोग गर्न सक्दछन्। प्रिन्टर लगायत अन्य साधनहरु जस्तै फ्याक्स, स्क्यानर आदि
पनि शेयर गरी प्रयोग गर्न सकिन्यछ। यसो गर्नाले
प्रिन्टरको लागि हुने अनावश्यक खर्च कम गर्न सकिन्छ।
प्रिन्टर शेयर गर्ने
र शेयर गरेको प्रिन्टर प्रयोग गर्न तरिकाहरु यस प्रकार रहेको छ।
क.
प्रिन्टर शेयर गर्ने
तरिकाहरु यस प्रकार रहेको छः-
१.
Control
Panel मा जाने ।
२.
Hardware
and Sound मा क्लिक गर्ने ।
३. Devices
and Printers मा क्लिक गर्ने।

४. यहाँ तँपाईको कम्प्यूटरसंग
जोडिएको प्रिन्टर तथा अन्य डिभाईसरहरु देखिन्छन्। प्रिन्टर सेक्सनमा जाने र जुन प्रिन्टर
शेयर गर्नुपर्ने हो त्यसमा Right Click
गर्ने र Printer properties मा क्लिक गर्ने।
५. त्यसपछि Printer properties Window खुल्छ। Sharing
Tab मा क्लिक गर्ने ।
Share this printer भन्ने चेक बक्समा क्लिक गरी ठीक चिन्ह लागाउने।
तपाँईले प्रिन्टरको शेयर नाम परिवर्तन गर्न सक्नुहुन्छ।
६. Apply मा क्लिक गर्ने र Ok मा क्लिक गर्ने।
अब तपाँईको प्रिन्टर शेयर भएको छ। अन्य कम्प्यूटरबाट पनि तपाँईको प्रिन्टर
प्रयोग गर्ने सकिन्छ।
ख. शेयर गरिएको प्रिन्टर प्रयोग गर्ने तरिकाहरु यस प्रकार
रहेको छः-
१.
Control
Panel मा जाने ।
२.
Hardware
and Sound मा क्लिक गर्ने ।
३.
Devices
and Printers मा क्लिक गर्ने ।
४.
Add a
Printer मा क्लिक गर्ने ।
५.
Add a
Network, wireless or bluetooth printer मा क्लिक गर्ने ।
कम्प्यूटरले नेटवर्कमा शेयर गरिएको प्रिन्टरहरुको खोजी गर्दछ। जब शेयर गरिएको
प्रिन्टर भेटिन्छ, त्यसलाई क्लिक गरी, Next मा क्लिक गर्ने।
६.
You
have successfully added Printer भन्ने मेसेज आउँछ। Next मा क्लिक गर्ने।
७. यदि तपाँई सधैँ यही
प्रिन्टर प्रयोग गर्न चाहनुहुन्छ भने Set as the default printer भन्ने चेक बक्स आउँछ, त्यसमा क्लिक गरी ठीक
चिन्ह लागाउने। यदि प्रिन्टरले काम गर्यो की गरेन भन्ने चेक गर्न चाहनुहुन्छ भने Print a test page मा क्लिक गरी टेस्ट पेज
प्रिन्ट गर्ने ।
तपाईले शेयर गरिएको
प्रिन्टर सफलतापूर्वक Add गर्नुभएको छ। Finish मा
क्लिक गर्नेुहोस्।
धन्यवाद!
0 comments:
Post a Comment