कर्मचारीहरुले नागरिक लगानि कोषमा जम्मा गरेको रकम घरैमा बसेर हेर्ने सजिलो तरिका

प्राय सबै जसो कर्मचारीहरुले नागरिक लगानि कोषमा खाता खोल्नु भएकै छ र उक्त खातामा महिनौ तलब बाट केहि प्रतिशत कट्टी गरि रकम जम्मा गरिन्छ । उक्त खातामा कुन महिनामा कति रकम र हाल सम्म जम्मा भएको रकम घरैमा बसेर ईन्टरनेटको माध्यम बाट सजिलै तलको STEP अनुसार हेर्न सकिन्छ ।

Step 1:
आफ्नो Computer अथवा Mobile को Browser (Mozilla Firefox, Google Chrome, Safari etc.) खोलि नागारिक लगानि कोषको Web Address  https://nlk.org.np/ Type गरि Enter थिच्नुहोस ।

Step 2:
तलको चित्रमा देखिको जस्तो नागरिक लागानि कोषको Website खुल्छ ।
Fig. 1


Step 3:
माथिको चित्र (Fig. 1) मा रातो घेरा लागाएको ठाउँ (e Service) अनि Personal Login मा Click गर्नुहोस तलको जस्तो चित्र देख्न सकिन्छ ।

Fig. 2

Step 4:
माथिको चित्र (Fig. 2) मा  रातो घेरा लागाएको ठाउँ (ई-अकाउन्ट बनाउनुहोस) मा Click गर्नुहोस तलको जस्तो चित्र देख्न सकिन्छ ।
Fig. 3
Step 5:
माथिको चित्र (Fig. 3) मा  देखिएको Form भर्नुहोस जसमा
- NLK Number मा नागरिक लगानी कोष परिचयपत्रमा भएको Number राख्नुहोस ।
- Password मा NLK Account को लागि Password राख्नुहोस ।
- Re-Type Password मा माथि राखेको Password पुन Type गर्नुहोस ।

Step 6: 
रातो घेरा लागाएको ठाउँमा  नागरिक लागानि कोषको कार्डको अगाडि र पछाडिको भागलाई फोटो फाइल (jpeg/png/gif ) मा 500 Kb भन्दा कम Size हुने गरि Scan गरि अथवा फोटो खिचेर Upload गर्नुहोस। फोटो लाई Photoshop बाट Size घटाउने तरिका

१। खिचिएको फोटो लाइ Photoshop मा खोल्नुहोस ।
२। Ctrl + m Press गरि फोटोको Brightness मिलाउनुहोस ।
३। अव File Menu मा गइ Save As मा Click गर्नुहोस र Quality घटाउनुहोस र Ok Press गर्नुहोस ।



Step 7:
फोटो Upload गरिसकेपछि तलको चित्रमा देखिए जस्तो PERSONAL INFORMATION Form भर्नुहोस र रातो घेरा लगाईएको (SUBMIT REGISTRATION)  मा Click गर्नुहोस । Account बनाएको २४ घण्टा पछि तपाईको Account सक्रिय हुन्छ ।
Fig. 4


Step 8: 
२४ घण्टा पछि Step No. 1,2,3 लाई पुन दोहोराउनुहोस र तलको चित्र Fig. 4 मा देखिएको जस्तो चित्र देखेन्छ
Fig.5
जसमा रातो घेरा लगाएको ठाउँको Box मा
- NLK No. मा नागरिक लगानि कोषको कार्डमा भएको Number Type गर्नुहोस।
-‍ Password मा Account Create गर्दा राखेको Password राख्नुहोस र Login मा Click गर्नुहोस र आफ्नो कोषमा भएको रकम हर्नुहोस ।

धन्यवाद ।



This article/tutorial is written by Er. Shankar Thapa, ICTV DDC Baglung. For feedback, please comment on the article below.
Share on Google Plus

About Author (Unknown)

This portal "ICT for Local Bodies" is written by various individuals - ICT Experts and ICT Volunteers working under MoFALD/LGCDP with an aim of integrating ICT at Local Governance. The author is this post is mentioned at the end of the article itself (with their Google+ profile alongside). Learn more about ICT4LB KMDB here.
    Blogger Comment

0 comments:

Post a Comment