Important links

Monday, December 28, 2015

Word Documentमा पानाहरु Bookmark राख्ने तरिका |

   कुनै पनि एउटा ‘Word’ फाइल/डकुमेन्टमा कैयौं दस्तावेजहरु हुन सक्छन् | अथवा त्यो डकुमेन्ट जिल्ला प्रोफाइल, सामाजिक सुरक्षा प्रतिवेदन वा अन्य कुनै दस्तावेज हुन सक्छ जसलाई विभिन्न अंशमा बाडिएको हुन्छ तर हामीलाई कुनै एक आंशमा पुग्नु परेमा ‘Scroll’ गर्दै पुग्नु पर्ने हुन्छ | पछि गएर कुनै एक दस्तावेज खोज्नु परेमा फाइललाई ‘Scroll’ गर्दै खोज्नुपर्ने हुन्छ | यसले धेरै समय खर्च व्यर्थ हुन जान्छ, यस्तो समस्यालाई Bookmark गरी Hyperlink बनाई सरलता ल्याउन सकिन्छ |
तल दिइएको उद्धरणमा मनाङ जिल्लाको सामाजिक सुरक्षाको नामावली गा.वि.स. अनुसार छुट्टयाएर हेर्ने कदमहरुको(Steps) बयान गर्दै Bookmark गर्ने तरिका सिकाईएको छ|

    १) सबै भन्दा पहिले सारा ‘Documents’हरु भएको फाईल खोल्ने | फाईलको पहिलो पानामा त्यस फाईलमा रहेका जे-जे दस्तावेजहरु छन् ति                 सबैको शिर्षक लेखि सूची तयार पार्ने |

    २)  त्यसपछि फाईलमा आफुलाई चाहिने दस्तावेज रहेको पानामा पुगेर केहि पंक्तिहरुलाई ‘Highlight’ गर्ने |

    ३) Word को ‘INSERT’ Ribbon मा पुगेर Bookmark मा Click गर्ने | अनि त्यस ’Bookmark’लाई एउटाBookmark            Nameदिने |

    ४) फाईलको पहिलो पानामा आउने दस्तावेजहरुको शिर्षक लेखि सूचीमध्ये कुन संग त्यो पानाको Link गर्ने हो त्यस शिर्षकलाई ‘Highlight’              गरी ‘CTRL+ K’ थिच्ने वा ‘INSERT’ Ribbon को Hyperlink मा Click गर्ने |

     ५) त्यसपछिको देखिने Windows Menuमा ‘Link to:’ भन्ने Menu Optionको ‘Place in this document’मा Click गर्ने |
       दायाँ(Right) पट्टीको Select a place in this document को Bookmarkमा जाने आफुले अघिल्लो Stepमा दिएको                   Bookmark ‘Bookmarkहरु सँग Link गर्न सकिन्छ |

 
         यसै गरी सबै दस्तावेजहरुलाई Bookmark गर्दै Link गर्ने|
      ६) त्यसपछि कुनै पनि बेलामा आफुलाई चाहिने पानामा पुग्नु परेमा Scroll गरेर खोज्दै जानुपर्दैन, फाईलको पहिलो पानाबाटै शिर्षकमा Cntrl + Click गरेर पुग्न सकिन्छ |


Note : यदि सरल तरिकाले Click मात्र गरेर Linkमा पुग्न FILE Ribbonमा Optionsमा Advanceको Editing optionमा Use CTRL + Click to follow Hyperlinkलाई Uncheck गर्न सकिन्छ |
फाईलको कुनै पनि पानाबाट पहिलो पानामा पुग्न परेमा CTRL + Home एकैसाथ थिची पुग्न सकिन्छ|



This tutorial is written by SAUJANYA RAJ RAJBHANDARI, ICTV DDC MANANG. 
For feedback, please comment on the article below.

No comments:

Post a Comment