Important links

Thursday, June 30, 2016

आफ्नो WiFi को नाम (SSID) Hide गर्ने र आफूले मात्र Connect गर्ने तरिका




आफ्नो छिमेकीले वा पल्लो घरको साथीले WiFi को Password सोधेर हैरान हुनुहुन्छ? WiFi उपलब्ध देखेर Password तपाइलाई नै थाहा हुन्छ भन्ने निश्चित भएपछि तपाइलाई नै सो Password सोध्न आएपछि अफ्ठेरोमा पर्नुभएको छ?



उपाय के त?


उपाय Wifi को नाम नदेखिने बनाउने अर्थात SSID hide गर्ने ।


१.       आफ्नो Router को Setting मा जाने, जसको लागि Router को Brand अनुसार फरक तरिकाले Access गर्नु पर्ने हुन्छ । जस्तै, D-Link को DSL Router को लागि Browser मा 192.168.0.1 address खोल्नुहोस्, LB-Link को लागि 192.168.16.1 मा जानुहोस्
२.       Wireless tab मा जानुहोस्
Broadcast SSID मा Enable मा Click भएको छ भने Disable मा Click गर्नुहोस् वा Broadcast SSID मा Tick लगाएको छ भने Tick हटाउनुहोस्
            Apply/Save गर्नुहोस् र Router restart/reboot गर्नुहोस्
३.       अब तपाईको Wifi अरु Available Wifi को list मा दिखिदैन ।
आफू चाहि कसरी Connect गर्ने त फेरी ?
४.       Control Panel मा गएर Network and Sharing Center मा जानुहोस्
५.       Set up a new connection or network मा Click गर्नुहोस्
६.       Manually connect to Wireless Network मा Click गर्नुहोस् अनि Next मा Click गर्नुहोस्
७.       Network Name मा आफ्नो Wifi Network को SSID हाल्नुहोस्
Security type मा कुन type राख्नुभएको छ हाल्नुहोस्
Security Key मा Wifi को Password हाल्नुहोस्
अन्त्यमा
Start this connection automatically मा र Connect even if the network is not broadcasting दुवैमा Tick लगाउनुहोस् र Next मा Click गर्नुहोस्

अब तपाई Hidden Network मा connect हुनुहुन्छ ।

Mobile phone वा Tablet बाट Connect गर्न Wifi Setting मा गएर Add Network मा गएर यसै गरी Connect गर्न सक्नुहुन्छ ।


This article/tutorial is written by Bigyan Raj Satyal, ICTV, Dharan Sub-Metropolitan City. For feedback, please comment on the article below.

No comments:

Post a Comment