Important links

Thursday, July 9, 2015

Command Prompt बाट कम्प्युटर मोडेल नम्बर, कम्पनी, सिरियल नम्बर कसरि हेर्ने???


तपाईको कम्पुटर बिग्रियो?? तपाईलाई कुनै प्राबिधिक घरमै बोलाउनु पर्यो?? प्राबिधिकले तपाईसंग कम्पुटरको मोडेल नम्बर सोध्यो?? कसरि थापाउने त तपाईको कम्प्युटर मोडेल नम्बर, कम्पनी, सिरियल नम्बर ??? यो लेख तपाईका लागि उपयोगी हुन सक्छ | यो लेखमा हामी तपाईलाइ Command Prompt बाट 
कम्प्युटर मोडेल नम्बर, कम्पनी, सिरियल नम्बर आदि कुरा कसरि हेर्ने सिकाउछौ | 
१. Windows + R एकै पटक क्लिक गर्नुहोस,
२. त्यहाँ cmd लेखी ENTER क्लिक गर्नुहोस,

तपाईको स्क्रीनमा command prompt खुल्नेछ |
३. कम्प्युटरको सेरियल नम्बर हेर्न wmic bios get serialnumber यो कमाण्ड लेख्नुहोस र ENTER थिच्नुहोस|

यसरीनै तपाईले आफ्नो कम्प्युटर को सेरियल नम्बर हेर्न सक्नुहुन्छ
४. यसरीनै तलको कमाण्ड लेखि  कम्प्युटर मोडेल नम्बर र सिरियल नम्बर हेर्न सक्नु हुन्छ
wmic csproduct get name, identifyingnumber

५.कम्प्युटर कति Bit, उत्पादन कर्ता, कम्पनि र मोडेल नम्बर, हेर्न
 wmic computersystem get model,name,manufacturer,systemtype


c:\>wmic csproduct get vendor, version
Vendor  Version
LENOVO  ThinkPad T410

c:\>wmic computersystem get model,name,manufacturer,systemtype
Manufacturer  Model    Name        SystemType
LENOVO        2236EG1  WINCMD-PC  x64-based PC

तपाईले यसरि सुचना पाउनसक्नुहुन्छ |

This article/tutorial is written by YOUR_Govinda_Pathak, ICTV Putalibazar_Municipality. For feedback, please comment on the article below.

No comments:

Post a Comment