Important links

Thursday, March 19, 2015

एउटै Network मा भएका Laptop/Desktop/Mobile मा File Sharing गर्ने तरीका

मानौ तपाईलाई दुई वटा कम्पुटर जुन एउटै नेटवर्कमा connected छ र फाइल Transfer गर्नुपर्यो l तर  तपाइको साथमा कुनै Pendrive, Harddisk पनि छैन र तपाइलाई Network मा file Sharing गर्ने तरीका पनि आउदैन l यस्तो समस्या स्थानीय निकाय वा अन्य कुनै संस्थामा कार्यरत कर्मचारी र तपाई हामीलाई जुनसुकै बेलामा पनि पर्न सक्छ  र यसको समाधान के त ?

यसको समस्याको समाधान हो Dukto । Dukto एउटा यस्तो Software हो जसले एउटै नेटवर्कमा  भएका कम्पुटरमा file transfer गर्नका निम्ति सहयोग गर्दछ ।  यसले wireless होस वा  तारबाट नेटवर्कमा connection भएका  Desktop कम्पुटर, Laptop वा Mobile मा कुनै Pen drive, Hard disk  र  Network मा file Sharing को ज्ञान नभईकन पनि सजिलै डाटा ट्रान्सफर गर्न सकिन्छ ।

क) Dukto Laptop र Desktop कम्पुटरमा Install गर्ने तरीका 

१)    तलको link मा click गर्नुहोस l

२)    अव Brower खोलि  किबोर्डमा Ctrl+j थिच्नुहोस l

३)   Download भएको फाइललाई Double click गर्नुहोस र तल देखाइए अनुसार अगाडी बढ्नुहोस l


Step 1

Step 2

Step 3

Step 4

Step 5
४)  अब C:\Program Files (x86) \ Dukto (64 Bit OS) अथवा  C:\Program Files \ Dukto (32 bit OS) मा गई dukto लाई ओपन गर्नुहोस l





ख) Dukto android Mobile मा कसरी Install गर्ने ?

१)  google Play Store खोल्नुहोस र search मा dukto टाईप गर्नुहोस l

Step 1

 २) Install मा touch गर्नुहोस र Accept गर्नुहोस l


Step 2


Step 3
३)   Install भई सके पछि open गर्नुहोस l


ग) कम्पुटर/Mobile मा Dukto बाट कसरी data transfer गर्ने तरीका 




१) जुन कम्पुटरमा फाईल पठाउन पर्ने हो त्यस कम्पुटर र फाईल पठाउने कम्पुटरमा dukto खोल्नुहोस l

   २) जुन जुन कम्पुटरमा dukto खोलिएको छ ति कम्पुटरको नाम र IP address dukto ले देखाउने छ l


३) तपाईलाई कुन कम्पुटरमा फाईल पठाउन पर्ने हो त्यही कम्पुटरको नाममा click गर्नुहोस  र folder पठाउन भए Send a folder मा click गर्नुहोस, Files मात्र पठाउने भए Send Some Files मा click गर्नुहोस र कुनै  सन्देश पठाउने भए Send some text मा click गर्नुहोस l 





४) File/Folder छान्नुहोस ।



५) फाईल पठाएपछि र पाएपछि तल देखाईए अनुसार Message देखाउने छ l

File Receive भएपछि देखाउने Message




File Send भएपछि देखाउने Message

घ) Received File खोल्ने तरीका

        File Receive भएपछि देखाउने Message Box मा Received मा Click गर्नुहोस ।
अथवा
Seetings मा Click गर्नुहोस र Save Received File मा आफुले चाहेको ठाउं छान्नुहोस।

तरीका १
         


तरीका २
धन्यवाद  ! ! !


This article/tutorial is written by Pravin Poudel, ICTV DDC,Myagdi. For feedback, please comment on the article below.

No comments:

Post a Comment