Important links

Thursday, February 16, 2017

Using Google Drive as a Document Scanner (गुगल ड्राइभबाट कसरी स्क्यान गर्न सकिन्छ त ?)

कुनै डकुमेन्ट स्क्यानिङ गरेर पठाउनको लागि कार्यालयमा प्राय: स्क्यानिङ मेसिनको प्रयोग गरिएको हुन्छ । हरेक कोठामा स्क्यानर नहुन सक्छ । त्यसैले, हामीले स्क्यानिङको लागि  Google Drive लाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने जान्नुपर्दछ । हुन त स्क्यानिङको लागि Android, iOS तथा Windows Platform हरुमा विभिन्न Apps पाईन्छन् । तर तीमध्ये सबैभन्दा सजिलो Google Drive हुनसक्छ । पहिले आफ्नो मोबाईलमा गुगल ड्राईभ (Google Drive) install गर्नुपर्छ । Installation पुरा भईसकेपछि Google Account ले लग ईन गर्नुहोस् । तलको प्रक्रियाद्वारा कुनै डकुमेन्ट स्क्यान गरी सुरक्षित गर्न सकिन्छ ।  


गुगल ड्राईभबाट स्क्यान गरिने प्रक्रिया (To Scan Document using Google Drive)

1.       गुगल ड्राईभ एप खोल्नुहोस् । ( Open the Google Drive App. )




2.   तलपट्टी दाँया किनारमा रहेको थिच्नुहोस् । (In the Bottom right corner, tap add )




3. यो   मा थिच्नुहोस् र स्क्यानिङ गर्नुपर्ने डकुमेन्टको फोटो खिच्नुहोस् । (Tap Scan  , Take a photo of document you’d like to scan.)



4. अब स्क्यान गरिसकेको पेजहरुलाई सेभ (save) गर्नको लागिथिच्नुहोस् ।  (When you’re done scanning pages, tap.)


अब स्क्यानिङ गरिएको डकुमेन्ट (*.PDF ) गुगल ड्राईभमा अपलोड हुन्छ । जहाँबाट तपाईले जो कसैलाई पठाउन सक्नुहुन्छ । 

स्क्यान डकुमेन्टहरुलाई मिलाउने तरीकाहरु (To adjust your scans)

  • स्क्यान एरिया मिलाउनको लागि
    मा थिच्ने र अनि मिलाएर 

    मा थिच्ने । (To adjust the scan Area, Tap Crop 
    , Adjust the Cropping Area and Tap 

      )




  • यदि खिचेको फोटोमा चित्त नबुझेमा फेरीमा थिचेर अर्को फोटो लिन सकिन्छ । (If you’re not happy with the preview, tap Refreshto take another photo.  )
  • अरु पेजहरु पनि स्क्यान गर्नुपर्ने हो भनेमा थिच्ने र फेरी क्रमश: अर्को फोटो लिने ।  (To Scan Another Page, Tap.)
  • Color / Black &White / Color Drawing छान्नुपर्ने भएमा माथिपट्टिकोमा थिच्ने र आवश्यकता अनुसार मिलाउने । ( To Adjust Color / Black &White / Color Drawing  options, tap on)


  • अन्य सेटिङहरु जस्तै Rename, Delete, Page Setting, Page Rotation आदिको लागिमा थिच्ने र आवश्यकता अनुसारको काम गर्ने । 


माथिको प्रक्रियाद्वारा गुगल ड्राईभ प्रयोग गरी आफ्नो मोबाईलबाट नै  कागज पत्रहरु स्क्यानिङ गरी सुरक्षित राख्न सकिनेछ । अर्को पोष्टमा हामीले  Google Drive Scan Shortcut लाई कसरी मोबाईलको होमस्क्रीनमा ल्याउने र स्क्यानिङलाई झन सजिलो बनाउने भन्ने कुरा सिक्नेछौं । धन्यवाद !!!



This article/tutorial is written by Saroj Sharma Wagle, ICTV Waling Municipality Office, Waling Syangja. For feedback, please comment on the article below.

No comments:

Post a Comment