Important links

Wednesday, November 25, 2015

माइकोसफ्ट वर्ड (MS-Word) मा नेपाली फन्ट (Nepali Font) अरूलाई पठाउँदा Install नगरी हेर्ने बनाउने तरिका

Embedding Fonts

हामी हाम्रो डकुमेन्टलाई चिटिक्क पारेर राख्छौँ तर कहिलेकाहीँ आफूले प्रयोग गरेको Font साथीको कम्प्युटरमा Install नगरेको हुँदा, कता गएर Font खोज्ने र कुन कुन Font पेन ड्राईभमा राख्ने झमेला बेहोर्न पर्ने हुन्छ । यसैले MS-Word मा यदि Fonts लाई Embed गर्न जानिएको खण्डमा यो समस्या सहजै समाधान हुन्छ । फाईल केही ठूलो बन्ला तर साथीको ल्यापटपमा त्यो फाईल हेर्न मिल्नाले हामीलाई Presentation मा विशेषत सहजता हुन्छ ।
आउनुहोस् ! यसको विधिबारे जानकारी राखौँ ।
१. पहिले word/powerpoint/excel को File मा जाऔँ र Options मा क्लिक गरौँ !
image
२. त्यस पश्च्यात Save मा क्लिक गरौँ । तल त्यसको चित्र दिईएको छ ।
image
३. पुछारतिरको Embed Fonts in the File भन्ने कोठामा ☑  लगाउनुहोस् ।
image
४.  त्यसपछि OK मा क्लिक गर्नुहोस् ।
५. तपाईँको डकुमेन्ट अब Save गर्दा Fontsको समस्या आउँदैन ।

No comments:

Post a Comment