Important links

Wednesday, September 30, 2015

"Google Search " गूगल खोजि प्रभावकारी ढंगले प्रयोग गर्ने केहि युक्तिहरु

"Google Search " गूगल खोजि प्रभावकारी ढंगले प्रयोग गर्ने केहि युक्तिहरु
१. सटिक शब्दावलीको प्रयोग गर्नुहोस.
    उदाहरणको लागि :
    कारको बेट्रीको बारेमा खोज्न  "Battery that is used in car" जस्ता वाक्याम्सको साटो "car battery"     प्रयोग गर्नुहोस
२. आफ्नो नजिकका हस्पिटल, होटेल आदि खोज्न "near me" को प्रयोग गर्नुहोस .
    जस्तै  hotels near me, hospitals near me, schools near me, आदि 

३. चर्चामा रहेको बिषयबस्तुका बारेमा खोज्न ह्यासट्यागको प्रयोग गर्नुहोस् 
    जस्तै #NepalConstitution

४. कुनै वाक्याम्स दुरुस्तै भएका नतिजा खोज्न, उक्त  वाक्याम्सलाई  " "  भित्र राख्नुहोस.
    जस्तै "Nepal is a landlocked country"   

     
५. "४." को जस्तो अवस्थामा कुनै शब्द थाहा नभएमा त्यसको ठाउमा * को प्रयोग गर्नु होस् .
    जस्तै : "Honesty is a * policy"
     

६. दुइ अंक बीचका कुनै पनि अंक भएका नतिजा खोज्न ती  अंक बीच ".." राख्नुहोस
    जस्तै 3..10 , $90..$100, 90%..95%  

७. कुनै निस्चित वेबसाइट भित्र मात्रै खोज्न को लागि अन्त्यमा : लेखि वेबसाइट लेख्नुहोस 
    जस्तै  health :facebook.com 

    यसो गर्दा health सम्बन्धी facebook.com मा भएका नतिजा मात्रै देखिन्छन् 

८. फरक फरक चिजको बारेमा एकैसाथ खोज्न OR को प्रयोग गर्नुहोस 
    उदाहरणका लागि  car OR bus 

९. गूगल खोजीमा सिधै हिसाब हानी गूगल  लाई  calculator को रुपमा प्रयोग गर्न सकिन्छ 

१०. कुनै शब्दाको अर्थ खोज्न define को प्रयोग गर्नुहोस 

११. मुद्रा , एकाइ आदि परिबर्तन गर्न पनि गूगल प्रयोग गर्न सकिन्छ 
      जस्तै    20 dollar to euros, 1 kg in grams, 2 feet in cm


 
    



This article/tutorial is written by Kedar Mani Bhandari , ICTV DDC Rupandehi. For feedback, please comment on the article below.

No comments:

Post a Comment