Important links

Friday, July 17, 2015

MS Office मा Password Protected Data कसरी बनाउने - MS Word, Excel, Power point 2013

कतिपय अवस्थामा तपाईलाई Office Package का यति Secure Dataहरु चाहिन्छ वा कसैलाई पठाउनु पर्छ कि जुन Data अरुले अनाधिकृत रुपमा Modify गर्न नसकुन वा Modify गर्न Password को जरुरत परोस। वा कुनै Data त अझ अरुले हेर्नलाई समेत Password चाहियोस।

म तपाई Office Package भर्खर सिक्दै गर्नुभएका Basic Userलाई Password राख्ने तरिका सिकाउदै छु।



१. Word, Excel, Power point मा आफुले चाहेको कुरा लेखिसकेपछि Save गर्ने क्रममा तल चित्रमा देखाए जस्तै Save As (1) गरि Browse (2) गरेर Desktop मा Save As गर्ने र Fileको उपर्युक्त नाम दिने।


२. त्यसपछि चित्रमा देखाय झै Tools (3) Option मा Click गरेर General Options... (4) मा क्लिक गरेपछि तल चित्रमा देखाएजस्तै देखा पर्छ।



३. त्यसपछि Fileखोल्दा नै Password चाहिने बनाउनका लागि Password to open: (5) भन्ने optionमा कुनै Password राख्ने र OK मा क्लिक गर्ने। फेरि पुनः त्यहि Password दोहोराउने र OK गर्ने ।

४. File चाहि Password बिना नै खुल्ने तर file modify/edit गर्न Password चाहिने अबस्थामा Password to modify: (6) भन्ने optionमा अर्को कुनै Password राख्ने र OK मा क्लिक गर्ने। फेरि पुनः त्यहि Password दोहोराउने र OK गर्ने ।

५. यसरी Save गरेको File अरुलाई पठाउदा वा आफुले नै खोल्दा वा Modification/Edit गर्न खोज्दा सम्बन्धित Passwordको जरुरत पर्दछ। पासवर्ड विनानै अनाधिकृत रुपमा जो कोहिले त्यो फाइल खोल्न वा Editगर्न सक्दैन।



This article/tutorial is written by Sudip Devkota, ICTV DDC Tanahun. For feedback, please comment on the article below.

No comments:

Post a Comment