Important links

Tuesday, June 2, 2015

The User Profile Service service failed the logon, User Profile Cannot be loaded

कम्प्युटर start गर्दा  The User Profile Service service failed the logon, User Profile Cannot be loaded  मेसेजको समाधान !!!!!!! 

                                                      
यदि तपाइको कम्प्युटरमा operating system विन्डोज छ र कम्प्युटर on गर्दा तपाईले The User Profile Service service failed the logon, User Profile Cannot be loaded भनेर देखा पर्छ त्यो समस्याको छुटकारा पाउनका लागि तल दिएका steps follow गर्नुस :
    

१. कम्प्युटरलाई safe mode मा खोल्नुहोस्, त्यसो गर्नका लागि कम्प्युटर restart गर्नुहोस अनि f8 थिच्नुहोस्















२.
safe mode मा खोलिसकेपछी start मा गएर search मा  regedit  type गर्नुहोस, Registry Editor भनेर एउटा नया विन्डोज खुल्छ















३. फोटो मा देखाए जस्तै  HKEY_LOCAL_MACHINE मा जानुहोस, त्यसपछि SOFTWARE मा जानुहोस















४. SOFTWARE भन्ने option मा गैसकेपछी अलि तल scroll गर्नुहोस अनि MICROSOFT  मा जानुहोस

५. अब WINDOWS NT भन्ने option मा जानुहोस, CURRENT VERSION  मा जानुहोस


६. अब फोटो मा देखाए जस्तै PROFILE LIST भन्ने option मा जानुहोस



















७. फोटो मा गोलो घेरा मा देखाए जस्तै २ वोटा फोल्डर हेर्न सक्नुहुन्छ जस मध्ये एउटा फोल्डर  .bak  form मा छ| अब यी २ वोटा फोल्डरलाई swap गर्नुहोस, यसो गर्नका लागि पहिला तल्लो फोल्डरलाई rename गरेर .ba form मा राख्नुहोस्, त्यसपछि माथिल्लो फोल्डरलाई rename गरेर .bak form मा राख्नुहोस्| अब माथिल्लो फोल्डरलाई rename गरेर .ba पनि हटाइदिनुहोस, अब ती दुबै फोल्डर तल देखाईएको फोटोमा जस्तै हुनुपर्दछ|









८. अब तल्लो .bak बिनाको फोल्डरमा क्लिक गर्नुहोस दायाँ साइडमा RefCount  भन्ने option मा double क्लिक गर्नुहोस, बायाँ साइडमा Edit dWORD भन्ने नया विन्डोज खुल्छ, त्यहाँ Value data मा 0 बनाउनुहोस् अनी OK क्लिक गर्नुहोस|

९. अब अघिकै RefCount भन्दा अलि मुनि State मा double क्लिक गर्नुहोस, बायाँ साइडमा अघिकै जस्तै Edit DWORD भन्ने नया विन्डोज खुल्छ, त्यहाँ Value data मा 0 बनाउनुहोस् अनी OK क्लिक गर्नुहोस|



१०. अब Registry Editor लाई बन्द गर्नुहोस अनि कम्प्युटरलाई restart गर्नुहोस|











This article/tutorial is written by Saurav Yogi, ICTV Gaur Municipality. For feedback, please comment on the article below.

No comments:

Post a Comment