Important links

Wednesday, February 18, 2015

प्रिन्ट गर्दा Printer Spooler Not Running आउने समस्याको समाधान

केही वर्षमात्रै भयो लोकसेवा आयोगले कम्प्युटर सिपको पनि परिक्षण गर्न थालेको छ,नत्र भने स्थानिय निकाय मात्रै होइन कुनै पनि सरकारी जागिरेले अफिसमा कम्प्युटर जानेन भनि गुनासो गर्ने ठाउ थिएन,जवाफ सजिलो थियो-हामीले कम्प्युटरको जाच दिएर जागिर खाएको होइन। बगेको खोलो फर्कदैन,प्रविधिले पर्खदैन,कर्मचारीले जानुन् नजानुन,देशमा सुचना प्रविधिको विकास व्यापक रुपमा भयो र यस्तो विकासको वाछिटाले स्थानिय निकायहरुमा हान्न थाल्यो। ICT भन्ने विषय नै यस्तो छ कि जती टालेपनि र जति छेकेपनि यो चुहिएरै छाड्छ,किनकि जनता अगाडी वढिसक्यो अव जनतालाइ भेट्याउन पनि कर्मचारी र नेतृत्वले यसको प्रयोग गर्नु अनिवार्य छ, अपरिहार्य छ।

कम्प्युटरमा प्रिन्टर जोडिएको छ।हिजो मात्रै होइन,भर्खर सम्म पनि प्रिन्ट गरिराखेको हो तर प्रिन्ट गर्दा तल चित्रमा देखिएको जस्तो जानकारी आउछ, printer spooler not running भन्ने समस्याले दिमाग खाइसकेको छ भने यसको समाधान तल दिइएको छ।

तरिका नम्वर

कम्प्युटर खोल्नुहोस र तल भने अनुसार गर्नुहोस

१.Start मा जानुहोस र run टाइप गरी Enter गर्नुहोस
.तल देखाइए जस्तै गरी services.msc टाइप गर्नुहोस   enter थिच्नुहोस.


३.तलको चित्रमा देखाइए जस्तै गरी Services हरुको लामो सुची खुल्नेछ।




. लामो सुचींमा printer spooler भन्ने Service खोज्नुहोस र राइट क्लिक गरी Restart गर्नुहोस
 




.अव तपाइ हेरिरहनुस तल चित्रमा देखाइएको जस्तो गरी Printer Spooler आफै Restart हुन्छ।



.तपाइको काम पुरा भयो, कम्प्युटरलाइ Restart गर्नहोस र प्रिन्टर सही तरिकाले जोड्नुभएको छ भने अव कुनै पनि फाइल प्रिन्ट हुन्छ तर होस गर्नुहोस हइ प्रिन्ट गर्नेवेलामा सही प्रिन्टर छान्न नभुल्नुहोला।

तरिका नम्वर-Alternatively you can  use the following method too.

.Start मा जानुहोस र Computer management  खोजेर खोल्नुहोस (Go to start and type Computer management )

.Services and Application मा गएर +(plus)चिन्हमा थिची Services पत्ता लगाउनुहोस र क्लिक गर्नुहोस(Click on services Inside Services and Application)

.Services हरुको लामो सुचीमा Print Spooler पत्ता लगाउनुहोस र माथि व्याख्या गरिएको तरिका नम्वर जस्तै गरी Restart गर्नुहोस (Find out the printer spooler and restart as in first method.)



धन्यबाद
(सुझाव र प्रतिक्रियाको लागि kattelprabeen@gmail.com मा इमेल गर्नुहोला)

No comments:

Post a Comment