Windows 10 मा इन्टरनेट bandwidth बचाउने तरिका (peer-to-peer अपडेट बन्द गरेर)



Windows 10 का प्रयोगकर्ताका लागि यो लेख महत्वपूर्ण हुन सक्छ । Windows 8.1 पछि आएको Windows 10 मा अनेकौं परिवर्तन (updates) ल्याइएको छ जस मध्ये peer-to-peer (P2P) अपडेट पनि एक हो ।


के हो Windows 10 मा peer-to-peer (P2P) अपडेट भनेको?

यदि तपाईंले Windows 10 मा कुनै पनि अपडेट डाउनलोड गर्नु भएको छ भने इन्टरनेटमा भएका अरु कम्प्युटरहरुले उक्त अपडेट तपाईंको कम्प्युटरबाट डाउनलोड गर्न सक्नेछन् । पुरै अपडेट तपाईंकै कम्प्युटरबाट डाउनलोड नगरे पनि अपडेटका कुनै अंश मात्र भए पनि डाउनलोड हुनेछ । र त्यस्तै तपाईंले पनि कुनै अपडेट डाउनलोड गर्दा सिधै Microsoft को सर्भरबाट अथवा इन्टरनेटमा भएका अन्य Windows 10 प्रयोग भएका कम्प्युटरबाट हुनेछ ।

किन सुरु गर्यो Microsoft ले Windows 10 मा P2P अपडेट प्रविधि?

Windows 10 का प्रयोगकर्ताहरुले सरल किसिमले अपडेटहरु छिटो डाउनलोड गर्न सकून भन्ने लक्ष्यले Microsoft ले P2P प्रविधि अपनाएको हो । P2P का कारणले अपडेटहरु डाउनलोड गर्दा सर्भरमा भार निकै कम हुने र डाउनलोड पनि छिटो हुने गर्दछ । 


P2P अपडेट को समस्या

P2P द्वारा आफ्नो कम्प्युटरमा अपडेट डाउनलोड गर्न चांडो भएता पनि इन्टरनेटमा भएका अरु कम्प्युटरले अपडेट डाउनलोड गर्दा निरन्तर रुपमा आफ्नो कम्प्युटरबाट अपलोड भएको हुँदा इन्टरनेट गति निकै ढिलो हुने गर्दछ ।

त्यसैले तपाईंले निम्न लिखित तरिका अपनाएर P2P लाई disable गरी अपडेटहरु सिधै Microsoft सर्भरबाट डाउनलोड गर्ने र आफुले अपलोड पनि गर्न नपर्ने बनाई आफ्नो इन्टरनेटको bandwidth बचाउन सक्नुहुन्छ ।


१. Start मेनुमा गई Settings मा Update & Security मा क्लिक गर्नुहोस्



२. Update & Security भित्र Windows Update अन्तर्गत Advanced Options मा क्लिक गर्नुहोस्



३. Advanced Options भित्र Choose how updates are delivered मा क्लिक गर्नुहोस्


४. त्यस पछि Choose how updates are delivered भन्ने window मा P2P अपडेट “On” भएको देख्नु हुन्छ । त्यसलाई तपाईंले “Off” गरेपछि P2P अपडेट बन्द हुन्छ अनि तपाईंको अपडेट डाउनलोड सिधै Microsoft सर्भरबाट नै हुन्छ ।

तर तपाईंले P2P अपडेटलाई “On” राखेर त्यहि window मा तल पट्टि रहेको “PCs on my local network” लाई छान्नु भयो तपाईंको घर वा अफिसको नेटवर्कमा भएको Windows 10 चलेका कम्प्युटरहरुमा अपडेटहरु डाउनलोड/अपलोड हुनेछ ( एक कम्प्युटरमा भएको अपडेट अर्को कम्प्युटरले डाउनलोड गर्ने छ ) तर इन्टरनेट bandwidth भने प्रयोग हुने छैन ।


यसरी तपाईंले Windows 10 मा इन्टरनेट bandwidth बचाउन सक्नु हुन्छ ।











This article/tutorial is written by Bidur Kumar Khatri, ICTV, DDC Kapilvastu. For feedback, please comment on the article below.
Share on Google Plus

About Author (Unknown)

This portal "ICT for Local Bodies" is written by various individuals - ICT Experts and ICT Volunteers working under MoFALD/LGCDP with an aim of integrating ICT at Local Governance. The author is this post is mentioned at the end of the article itself (with their Google+ profile alongside). Learn more about ICT4LB KMDB here.
    Blogger Comment

0 comments:

Post a Comment