आफ्नो विन्डोज कम्प्युटरलाई विन्डोज १० मा नि:शुल्क अद्यावधिक गर्ने तरिका (श्रावण १३, २०७२ भित्र गर्नु पर्ने)

धेरै जना DGE/UGE र अन्य सर म्याडमहरुले आफ्नो ल्यापटपमा सानो विन्डोज आइकन आएको र एसलाई क्लिक गर्न हुने नहुने भनेर जिज्ञासाहरु राख्नुभएको हुदा यो लेख साभारमा प्रस्तुत गरिएको छ|
उक्त आइकन विन्डोज ७, ८ वा ८.१ लाई विन्डोज १० बनाउने एउटा महत्वपूर्ण सुबिधा हो जसलाई श्रावण १३  (July 29, 2015) भित्र "इनेबल" सक्रिय गरिएको खण्डमा निशुल्क विन्डोज १० अपरेटिंग सिस्टम प्राप्त गर्न सकिन्छ| 

के हालैका दिनहरुमा तपाईले आफ्नो विन्डोज कम्प्युटरमा एउटा सानो झ्याल (विन्डोज)को आइकन देख्नुभएको छ जसले तपाईको कम्प्युटरलाई नि:शुल्क विन्डोज १० को लागि अग्रिम बुकिंग गर्न भनिरहेको छ? यो ट्युटोरियलमा तपाईलाई कसरी आफ्नो विन्डोज कम्प्युटरलाई माइक्रोसफ्टको अब आउन लागेको अपरेटिंग सिस्टम विन्डोज १० को लागी तयार गर्ने भनेर सिकाईने छ| (You can read this article in English over here!)
माइक्रोसफ्टका अनुसार विन्डोज १० हालसम्म ५० लाख प्रयोगकर्ताहरुले परीक्षण गर्दै आइरहेका छन् उसको Windows Insider कार्यक्रम मार्फत| आगामी जुलाई २९ (साउन १३, २०७२) देखि विन्डोज १० परीक्षण प्रयोगकर्ताहरु र अग्रिम बुकिंगगर्ने प्रयोगकर्ताहरुका लागि नि:शुल्क उपलब्ध हुदैछ| तपाई पनि आजै आफ्नो अग्रिम बुकिंग गर्न सक्नुहुन्छ|माइक्रोसफ्टको अतिनै अपेक्षा गरिएको अपरेटिंग सिस्टम विन्डोज १० ले विगतका विन्डोज सिस्टमहरु (विशेष गरेर विन्डोज ८ र ८.१) का कमीकमजोरीलाई सुधार गरेर उपभोक्तालाई एउटा एकीकृत सञ्चालन प्रणाली प्रस्कदै छ| यो प्रणाली साना ठुला सबै आकार र विशेषता भएका विन्डोज कम्प्युटर, फोन, ट्याब्लेट देखि सेन्सर नोड र इन्टरनेट अफ थिन्ग्स (Internet of Things) जस्ता कम्प्यूटिंग डिभाइसहरुमा समानरुपले चल्दछ|

नि:शुल्क विन्डोज १० प्राप्त गर्ने तरिका

सुरुमा एकिन गर्नुहोस कि तपाईको विन्डोज कम्प्युटर अध्यावधिक छ (most recent Windows update applied) – जसका लागि आफ्नो कम्प्युटरको कन्ट्रोल प्यानलमा गएर Windows Update गर्नुहोस्|
एदी विन्डोज कम्प्युटर अध्यावधिक छ भने आफ्नो कम्प्युटरको टास्कबारको दाहिनेतिर एउटा सानो झ्यालको आइकन देखिन्छ (तलको चित्र मा देखाए जस्तै)|
Reserving your copy of Windows 10 initial steps
Reserving your copy of Windows 10 initial steps
उक्त झ्यालको आइकनलाई क्लिक गर्नुहोस र विजार्डमा भने जस्तै गर्दै जानुहोस| अर्को (next arrow > ) क्लिक गर्दै जादा अन्तिम स्क्रिनमा तपाईलाई “आफ्नो विन्डोज १० बुक गर्नुहोस = Reserve your free upgrade” भनेर सोध्नेछ|

Windows 10 upgrade reservation wizard
Windows 10 upgrade reservation wizard
तपाई त्यो “Reserve your free upgrade” क्लिक गरेर आफ्नो प्रति विन्डोज १० बुक गर्न सक्नुहुन्छ| त्यसपछिको स्क्रिनमा आफ्नो इमेल ठेगाना राखेर पुष्टिकरण गर्नुहोस जसले तपाईलाई विन्डोज १० तपाईको कम्प्युटरमा प्राप्त हुने बित्तिकै इमेल गर्छ|
Reserve Windows 10 upgrade today
Reserve Windows 10 upgrade today
थापा पाउनै पर्ने कुरा – यसरी बुक/रिजर्भ गरिएको विन्डोज १० तपाईको कम्प्युटरमा स्वत: डाउनलोड हुन्छ, डाउनलोड फाइलको आकार ३ गिगाबाइट (3 GB) सम्म हुनसक्छ तर्सथ यो अबधिमा असीमित वाई.फाई. वा अन्य अनलिमिटेड इन्टरनेट सेवा प्रयोग गर्नु उचित हुन्छ| उपभोक्ताले चाहेमा यो आफ्नो विन्डोज १० को बुक/रिजर्भ गरिएको प्रति रद्द पनि गर्न सकिन्छ (तर किन रद्द गर्नु र?) जसको लागि फेरी यही सानो झ्यालको आइकनमा क्लिक गर्नुपर्छ|

Great Windows 10 is reserved confirmation
Great Windows 10 is reserved confirmation
साउन १३ पछि तपाईको हालको विन्डोज ७, ८ वा ८.१ आफै विन्डोज १० (तपाईको अनुमति मागेर मात्र) मा अध्यावधिक हुन्छ र उपभोक्ताले  विन्डोज १० को गति, कार्य क्षमता, नविनतम एपहरु र थुप्रै नया बिशेषताहरु प्रयोग गर्न सक्नेछन|
Windows 10 upgrade reserved Control panel confirmation
Windows 10 upgrade reserved Control panel confirmation
उक्त विन्डोज १० बुक/रिजर्भ गर्ने क्रममा कुनै समस्या आएमा हामीलाई तलको कमेन्ट फारममा लेख्नुहोस| विन्डोज १० मा प्रमुख बिशेषताहरु यहा पढ्न सक्नुहुन्छ – Read here the top features of Windows 10.

This article has been republished with permission from here.
Share on Google Plus

About Author (99grams)

This portal "ICT for Local Bodies" is written by various individuals - ICT Experts and ICT Volunteers working under MoFALD/LGCDP with an aim of integrating ICT at Local Governance. The author is this post is mentioned at the end of the article itself (with their Google+ profile alongside). Learn more about ICT4LB KMDB here.
    Blogger Comment

0 comments:

Post a Comment