सुचना अधिकारीले Online निवेदन/उजुरी उपर सूचना प्रबाह गर्ने पद्दति

व्यबस्थापन सूचना प्रणाली (Management Information System) मा सूचना अधिकारी ले सूचना प्रवाह गर्न सहज बनाउन यो लेख लेखिएको हो | यस ब्यबस्थापन सूचना प्रणालीमा सूचना अधिकारी ले सेवा ग्राहीका MIS Account हरु  बाट आएको निवेदन/उजुरी माथी उचित सूचना प्रवाह गर्नु पर्छ | सूचना प्रवाह गर्न निम्न अनुसारको बिधि अपनाउनु पर्छ |


१. गूगल क्रोम , मोजिल्ला , ओपेरामिनी अथवा कुनै पनि अरु ब्राउज़र खोल्नुस र http://mis.nic.gov.np ठेगाना टाइप गर्नुस|

२.इन्टर थिचे पछि तपाईले राष्ट्रिय सूचना आयोगले तैयार परेको MIS को होम पेज हेर्न सक्नुहुन्छ| त्यसपछि होम पेजको दाया पट्टिको तल्लो भागमा रहेको निलो बाकसमा राष्ट्रिय सूचना आयोग बाट उपलब्ध भएको आफ्नो प्रयोगकर्ता लोग इन र पसवोर्ड राख्नुस submit button थिच्नुस |


३. अब तपाई सूचना अधिकारीको होमपेज मा पुग्नु हुन्छ , जहाँ सूचना माग गरिएका बिवरण हरु देखिन्छ|



४. सूचना अधिकारीको होमपेज खुल्दा नागरिक बाट आएका गुनासो र जिज्ञासा हरु देखिन्छ. यसरि आएका जिज्ञासाहरु माथि कारबाही गर्न स्क्रीनको दाहिने पट्टिको box मा click गर्नु पर्छ |


५. अब box मा click गरिसकेपछि सूचना अधिकारी ले कारबाही गर्नु पर्ने उजुरी/निबेदन खुल्छ |


६. निबेदन खुलेपछि अब तपाईले त्यसमाथि कारबाही गर्न सक्नुहुन्छ | Response भन्ने box मा तपाईले लिखितमा सूचना प्रवाह गर्न सक्नु हुन्छ|


७. सूचना प्रवाह संगसंगै केहि आवस्यक पर्ने file हरु पनि राख्न सक्नुहुन्छ | File राख्न लाइ Choose File Button Click गर्नुपर्छ र आवस्यक file छान्नु पर्छ |


 ८. यसपछि अब तपाईले सूचना प्रवाहको Status जनाउनु पर्छ. यसको लागि Status Box को Dropdown Arrow Click गर्नुपर्छ | जस बाट तपाईले आफ्नो सूचना प्रवाहको Status जनाउन सक्नुहुन्छ |


९. अन्त्यमा Done button Click गरेपछि सूचना अधिकारी बाट सूचना प्रवाहको कार्य सम्पन्न हुन्छ |

लेखक
रवि रंजन ठाकुर | सूचना प्रविधि स्वयंसेवक | जि.वि.स धनुषा

Share on Google Plus

About Author (99grams)

This portal "ICT for Local Bodies" is written by various individuals - ICT Experts and ICT Volunteers working under MoFALD/LGCDP with an aim of integrating ICT at Local Governance. The author is this post is mentioned at the end of the article itself (with their Google+ profile alongside). Learn more about ICT4LB KMDB here.
    Blogger Comment

0 comments:

Post a Comment