Google SpreadSheet मा Data Validation प्रयोग कसरी गर्ने ?

Google SpreadSheet  मा Data Validation प्रयोग कसरी गर्ने ?
   
गूगल  spreedsheet मा Data Validation को प्रयोग गर्नको लागि निम्न बमोजिमका स्टेप्सहरु अबलम्बन गर्न सकिन्छ :

स्टेप १ : 
सर्वप्रथम Google SpreadSheet खोल्नुहोस् 
माथि  Google SpreadSheet खोलिएको छ। 
स्टेप २ :
तल picture मा पहिलो row  मा Name ,DOB ,Branch ,Post ,salary, Contact Number ,Email ,District  लेखिएको छ। 



 स्टेप ३:
अब Data मा गएर अन्तिम Row को Validation लाई सेलेक्ट  गर्नुहोस।


 स्टेप ४ :
DOB  column  लाई केहि  Cell  हरु select  गर्नुहोस त्यसपछि Data मा गएर Validation Select गरेर date लाई select  गर्नुहोस। 

Date  select  गरिसकेपछि कुनै २ वटा बर्ष हरु विचका  वर्ष हरु लेख्न मिल्ने गरी  लेखिएको छ यहा अरु बिकल्पहरुको प्रयोग पनि गर्न सकिन्छ। 



 स्टेप ५ :
यहा select  warning  गरिएको हुनाले DOB को सेल मा click  गर्दा  वार्निंग देखिएको हो ,तपाइले यहि  warning अनुसार date लेख्न सक्नुहुन्छ।





 स्टेप ६  :
तल  तस्विरमा देखाईए बमोजिम   Branch को Column मा छानेर Data  मा जानुहोस र Data  Validation  मा click  गरेपछि List of Items  मा click गर्नुहोस

तल तस्विरमा देखिए बमोजिम List of  Items को दाहिने तर्फ Branch को नामहरु लेख्नुहोस र प्रत्येक Branch लाई  Comma (,) ले छुटाउनुहोस्।यहा Administration ,Account,Social  Development  मात्र लेखिएको छ। Input  Reject  मा Select  गरिएकोले  गर्दा नया Branch  थप्न मिल्दैन।


अब Branch  को Column मा  Click गर्दा ३ वटा बिकल्प देखियो।  देखिएको मध्ये कुनै एक बिकल्प छान्न सक्नुहुन्छ।


तेय्सैगरी post  column  मा पनि  Data Validation  प्रयोग गर्न सकिन्छ।
स्टेप :
यहा Salary Column  मा Data  Validation को प्रयोग Number मा गरिएको छ। Number  को प्रयोग यहा salary  को लागि गरिएकोले गर्दा between  छानिएको छ तर Number को प्रयोग greater  than ,less than , जस्तै धेरै विकल्पहरु प्रयोग गर्न सकिन्छ। उपयुक्त विकल्पको छनोट गरिसकेपछि  save  गर्नुहोस। अब Data  Validation को प्रयोग Number मा भयो।



स्टेप ७  :
यहा एक sheet को कुनै column मा भएको data  लाई  अर्को  Sheet को Column मा कसरी Data Validation  को प्रयोग गर्न सकिन्छ भन्ने देखाईएको छ।  यहा Criteria को दाहिनेतर्फ list from a  range  मा click  गरेपछि जुन sheet बाट select  गर्नेहो तेस्कोलागि Column  select  गर्न  तल देखिएबमोजिम  गर्नुहोस।


तल तस्विरमा what  data ? भन्ने  देखिएपछि  अब कुन sheet  को data  लाई  validate  गर्नुपर्ने हो तेस्लाई सेलेक्ट  गर्नुपर्ने हुन्छ ,यहा District  Details  sheet  को Data  लाई प्रयोग  गरिएको छ। 
माथि तस्विरमा  ७५ जिल्लालाई Add  गरिएको छ।


माथि तस्विरमा अब district  को column  select  गर्दा ७५ जिल्लाहरुको  छनोट विकल्प  देखाएको छ जसबाट कुनै एक बिकल्प छनोट गर्न सकिन्छ।  माथिको तस्विरमा Employee  details  Sheet मा  District  details को  data  Valadation  गरिएको छ।
यसरी  विभिन्न तरिकाबाट Data Valdidation  को प्रयोग  Google SpreadSheet मा गर्न सकिन्छ। 











This article/tutorial is written by Ganesh Adhikari , ICTV DDC  Nawalparasi . For feedback, please comment on the article below.
Share on Google Plus

About Author (techAssist)

This portal "ICT for Local Bodies" is written by various individuals - ICT Experts and ICT Volunteers working under MoFALD/LGCDP with an aim of integrating ICT at Local Governance. The author is this post is mentioned at the end of the article itself (with their Google+ profile alongside). Learn more about ICT4LB KMDB here.
    Blogger Comment

0 comments:

Post a Comment