Windows 7/8 मा ड्राइभ पार्टिशन गर्ने तरिका

कहिलकाही कम्प्यूटरमा रहेको डिस्क ड्राइभमा आफूले चाहे अनुसारको पार्टिशन नहुँदा धेरै नेै समस्या बेहोर्नपर्ने हुन्छ। कम्प्यूटरमा भाइरस लाग्दा अथवा अन्य कुनै कारणले ड्राइभ फर्म्याट गर्नुपरेमा सो ड्राइभका महत्वपूर्ण फाइलहरु पनि फर्म्याट हुने समस्या आइपर्ने हुन्छ। सो समस्याबाट बच्नको लागि ड्राइभ पार्टिशन गरेर आफ्नो महत्वपूर्ण फाइलहरु  पार्टिशन गरिएको ड्राइभमा राख्न सकिन्छ। त्यसै प्रवन्धका लागि Windows 7/8 मा ड्राइभ पार्टिशन गर्नको लागि चरणगत प्रक्रिया तस्वीरसहित तल उल्लेखित छ:
चरण १
स्टार्ट वटनमा क्लिक गर्नुहोस।
चरण २
सर्च बक्समा गएर "RUN" टाइप गर्नुहोस र इन्टर थिच्नुहोस। तल देखाइएको तस्वीरमा रातो साइनले सर्च बक्स र "RUN"  टाइप गरिसकेपछिको परिणाम देखाइएको छ।



अथवा Run मा जानका लागि किबोर्डमा तल तस्वीरमा देखएबमोजिम कि थिच्नुहोस।
चरण ३
चरण  २ सकेपछि तल तस्वीरमा देखाएको जस्तै Run बक्स देख्न सकिन्छ। 
सो बक्समा तल तस्वीरमा रातो घेराले देखाइएको ठाउँमा "diskmgmt.msc" टाइप गरी इन्टर थिच्नुहोस अथवा "OK" लेखिएको बटनमा क्लिक गर्नुहोस।

चरण ४
चरण ३ सकाइसकेपछि तल तस्वीरमा देखाइएको जस्तै बक्स देख्न सकिन्छ।

उक्त बक्समा देखाइएको जुन ड्राइभमा पार्टिशन गर्न पर्ने हो सो ड्राइभमा राइट क्लिक(Right Click) गर्नुहोस। त्यसो गरेपछिको परिणाम तल तस्वीरमा देखाइएको छ।

चरण ५
राइट क्लिक गरिसकेपछि "Shrink Volume" लेखिएको विकल्पमा क्लिक गर्नुहोस। सो विकल्कमा क्लिक गरिसकेपछि तल तस्वीरमा देखाइएजस्तो बक्स आउछ।

सो बक्समा रातो घेराले देखाइएको ठाउँमा कति ड्राइभ स्पेश/ठाउ पार्टिशन गर्ने हो MB(Mega Byte)मा लेख्नुहोस।
नोट: १ GB(Giga Byte)=१०२४ MB(Mega Byte) हुन्छ
चरण ६
 ड्राइभ स्पेश/ठाउ अंकित गरिसकेपछि "Shrink" लेखिएको बटनमा क्लिक गर्नुहोस। त्यसो गरिसकेपछि सो बक्समा "Unallocated" भनेर तल तस्वीरमा रातो घेराले देखाइए जसरी देख्न सकिन्छ।

चरण ७
चरण ६ मा रातो घेराले देखाइएको ठाउमा राइट क्लिक(Right Click) गर्नुहोस र "New Simple Volume" भन्ने विकल्पमा क्लिक गर्नुहोस। यो प्रक्रियाको तस्वीर तल उल्लेखित छ।

चरण ८
चरण ७ को प्रक्रियापछि तल तस्वीरमा देखाइए जस्तो बक्स देख्न सकिन्छ।

सो बक्समा देखाइएको "Next" बटनमा क्लिक गर्नुहोस। यसको परिणाम तल तस्वीरमा देखाइएको छ।


फेरि पनि "Next" बटनमा क्लिक गर्नुहोस। त्यसो गरीसकेपछिको परिणाम तल तस्वीरमा देखाइएको छ।


फेरि पनि "Next" बटनमा क्लिक गर्नुहोस।त्यसो गरीसकेपछिको परिणाम तल तस्वीरमा देखाइएको छ।


माथी देखाइएको तस्वीरमा आफूले बनाएको पार्टिशन फर्म्याट गर्न नपरेमा "1" ले अंकित ठाउमा क्लिक गर्नुहोस र पार्टिशन फर्म्याट गर्न परेमा "2" ले अंकित ठाउमा क्लिक गर्नुहोस र "Next" मा क्लिक गर्नुहोस। त्यसपछि तल देखाइएको जस्तो बक्स देख्न सकिन्छ।


अन्तिममा "Finish" मा क्लिक गर्नुहोस र तपाईले बनाएको ड्राइभ तल तस्वीरमा रातो घेराले देखाइए जसरी देख्न सक्नुहुनेछ।



Share on Google Plus

About Author (Unknown)

This portal "ICT for Local Bodies" is written by various individuals - ICT Experts and ICT Volunteers working under MoFALD/LGCDP with an aim of integrating ICT at Local Governance. The author is this post is mentioned at the end of the article itself (with their Google+ profile alongside). Learn more about ICT4LB KMDB here.
    Blogger Comment

0 comments:

Post a Comment