TeamViewer - कम्प्युटरमा इन्टरनेटको माध्यमबाट Remote Access, Online Meeting, File Sharing गर्ने तरिका

TeamViewer भनेको एउटा यस्तो Software हो जसको मद्दतले कुनैपनि Computer लाई संसारको जुनैसुकै कुनामा बसेर पनि इन्टरनेटको माध्यमबाट त्यसको Setting मिलाउन, Software Install/Uninstall गर्न वा त्यो कम्प्युटर आफैसग भएजस्तो गरि चलाउन सकिन्छ। त्यतिमात्र हैन, यसको मद्दतले Online Meeting, Web Conference अनि कम्प्युटर बीच File Transfer गर्न पनि सकिन्छ।

१ . TeamViewer Install गर्ने तरिका:

i) दुवै इन्टरनेट जडित कम्प्युटरमा www.teamviewer.com मा जाने


ii) TeamViewer सफ्टवेयर (Latest Version) DOWNLOAD अनि INSTALL गर्ने

२. Remote Control गर्नको लागि:

i) चित्रमा देखाए जस्तै Remote Control Button मा CLICK गर्ने

Figure 1: TeamViewer Remote control and File Transfer

ii) स्क्रीनको देब्रेपट्टी आफ्नो कम्प्युटर (Local Computer) को ID र PASSWORD अनि स्क्रीनको दहिनेपट्टी साथीको कम्प्युटर (Remote Computer) को  ID (Partner ID) हाल्ने ठाउँ हुन्छ (चित्रमा देखाए जस्तै)

iii) Partner IDमा Remote कम्प्युटरमा देखिएको ID (9 digit को) साथीसंग सोधेर हाल्ने।

iv) Connect to Partner मा क्लिक गर्ने।


v) पासवार्ड हाल्ने ठाउमा पार्टनर(Remote) कम्प्युटरको PASSWORD(4 digit को) हाल्ने।


vi) Log on मा क्लिक गर्ने।


vii) त्यसपछि तपाइको कम्प्युटर बाट अर्को साथीको कम्प्युटर(Remote Computer) Access हुन्छ।



अब तपाइले निर्धक्क रुपमा साथीको कम्प्युटर लाई आफ्नो कम्प्युटर चलाएको जस्तै गरि चलाउन सक्नु हुन्छ! यसबाट तपाई नेपाल बसीबसी अमेरिकामा रहेको साथीको कम्प्युटरमा भएका फाइल/फोटो हेर्न, Program Install/Uninstall गर्न, कम्प्युटर सेटिंग मिलाउन सक्नुहुन्छ।



Figure 2A 





Figure 2B 

३. File Transfer गर्नको लागि:

i) चित्रमा (Figure 1) देखाए जस्तै File Transfer Button मा CLICK गर्ने

ii) माथिको स्टेप ii) देखि vi) सम्म दोहोराउने


Figure 3: TeamViewer File Transfer
iii) माथिको चित्रमा देखिए झैँ देब्रेपट्टि आफ्नो(Local) कम्प्युटरको फाइल अनि दाहिनेपट्टि साथीको (Remote) कम्प्युटरको फाइलहरु देखाउछ।

iv) Remote Computerमा फाइल राख्ने Drive/Folder Location देखाए पछि Local Computer बाट DRAG गरेर Remote Computerको Drive/Folder Location मा DROP गर्ने।

v) यसरी एउटा कम्प्युटर बाट अर्को कम्प्युटरमा TeamViewer को माध्यमबाट फाइलहरु SHARE  गर्न सकिन्छ।


३. Remote Meeting गर्नको लागि:

i) चित्रमा देखाए जस्तै Meeting buttonमा क्लिक गर्ने 

Figure 4 :Remote  Meeting 
ii) Meeting गर्न  Host Meeting को My Meeting /Schedule Meeting मा जाने (2 नं मा देखायको)

iii) Meeting को बिसय दिने, सुरु हुने अनि सकिने समय दिने, अनि Meeting ID (3 नं मा देखायको ) देखा पर्छ (mXX-XXX-XXX)

iv)अरु Remote Computer बाट त्यो Meeting ID हालेर Online Meeting मा सहभागी हुन सकिन्छ

v) यसबाट हामी Presentation/Audio/Video बटनमा क्लिक गरि आडियो भिडियो तथा Presentation द्वारा Online Remote Meeting मा बस्न सकिनेछ !

अन्तमा, TeamViewer बहुउपयोगी Software हो जसको मद्दतले इन्टरनेट जडित कम्प्युटर हरु बीच Remote Control, File Transfer अनि Online Meeting गर्न सकिन्छ। 

(सुझाब र प्रतिकृयाको लागि devsudip13@gmail.com मा इमेल गर्नुहोला, धन्यवाद।)
Share on Google Plus

About Author (Unknown)

This portal "ICT for Local Bodies" is written by various individuals - ICT Experts and ICT Volunteers working under MoFALD/LGCDP with an aim of integrating ICT at Local Governance. The author is this post is mentioned at the end of the article itself (with their Google+ profile alongside). Learn more about ICT4LB KMDB here.
    Blogger Comment

0 comments:

Post a Comment