ARCGis मा भइरहेको जिल्ला को प्रसासनिक नक्सामा attribute table लाई "EDIT" गरि प्रस्तावित नगरपालिका देखाउने तरिका |

"यस Blog  मा तपाँइलाई  ARCGis खोलेर shape file add गर्न आउछ भनि मानिएको छ |"

पहिला तपाइले add गर्नु भएको आफ्नो जिल्ला को attribute table हेर्नुहोस जसका लागि administrative map layer लाई right click गरि "open attribute table " गर्नुहोस |
माथि देखिएको attribute table मा धेरै fields हरु देखिएको छ जसले गर्दा पछि attribute table edit गर्न गारो हुन सक्छ त्येसैले आफुलाई चाहिने field मात्र activate गर्न administrative map layer लाई right click गरि "properties " मा जानुहोस र fields tab मा गएर आफुलाई चाहिने fields मात्र activate गर्नुहोस |




















अब फेरी attribute table खोल्नुहोस् र तल चित्र म देखाइए जस्तैगरी add field  गरि नयाँ text field थप्नुहोस |

OK गरे पछि तपाईले आब एउटा नया खाली field देख्नुहुनुसक्नेछा जस्मा  हामी नया प्रस्तावित नगरपालिका को नाम लेख्नेछौं |













सर्वप्रथम तपाईको Editor Toolbar "ON" छ कि छैन हेर्नुहोस र छैन भने Customize को Toolbar मा गइ Editor enable गर्नुहोस | त्यसपछि Editor toolbar को Editor मा click गरि start editing गर्नुहोस| Start editing म click गरे पछि तपाईले edit गर्ने layer छान्नु पाउनु हुनेछ |




अब तपाइको खुली रहेको attribute table को कुनैपनि field edit गर्न सकिन्छ | हामीले अघि बनाएको नयाँ  field मा आब सम्बन्धित गा.वि.स. जुन  नयाँ  प्रस्तावित नगरपालिका मा पर्छ त्येसको नाम लेख्न सक्छौ |
सबै काम सकिए पछि Editor मा फेरी click गरेर save edits गर्नुहोस र फेरी Editor मा फेरी click गरि Stop editing गर्नुहोस |
अब layer को properties को symbology मा गई Value Field मा तपाईले भर्खरै बनाएको field select गरि map मा त्यसै अनुसार को color symbol ले map रंगाउन सक्नुहुनेछ |


Share on Google Plus

About Author (pbikrant)

This portal "ICT for Local Bodies" is written by various individuals - ICT Experts and ICT Volunteers working under MoFALD/LGCDP with an aim of integrating ICT at Local Governance. The author is this post is mentioned at the end of the article itself (with their Google+ profile alongside). Learn more about ICT4LB KMDB here.
    Blogger Comment

0 comments:

Post a Comment